
छोरा तिम्री आमा बिरामी हुन्छे छोडी किन आयौ ,
एक्लै छोडी दियौं ?मैले छोडेपछि रुन्थी होला है ?
बा हजुरको काजक्रियामा लागेको ऋण तिर्न,
कोरियन सिक्दै थिए!

विदेश जान खोजेको थिए बेरोजगार भएर,
परलोग आउनु पर्यो देशमा अन्धो सरकार भएर!
बा” आमालाई खुसी राख्ला सोचेकै थिए,
हजुरले दिन नसकेको खुसी दिउँला सोचेको थिए !
संसारको अभागी परिवार बन्न पुग्यो है हाम्राे
“बा “म पनि हजुरसंग आए आमा छोडी”
आउन त आयौ छोरा बन्धुक्को गोली खाई,
सारा नेपालीलाई रुवाई !
अब त्यो सरकारलाइ पनि हामी भएकै ठाउँमा ल्याउनु पर्छ है बा!
सरकारमा कोहि नयाँ आउला
अनि देशमा शान्ति छाउला


म जस्ता युवाले दिउसै गोलि खान त नपर्लानि बा ,,
यहि खबर गर्न
“बा म पनि हजुर सँग आए आमा छोडी ”
दशरथ भट्ट
मेलौली दुई बैतडी




























