अचम्मकै कुरो ! बाँदर बन्नेलाई मासिक १ लाख १२ हजार रुपैयाँ , काम केरा खाने

Image
Nisarga Hospital

काठमाडौँ: चीनको हेबेई प्रान्तमा एउटा अनौठो जागीर खुलेको छ ।

CP Hospital Dhangadhi

चीनको हेबेई प्रान्तको एउटा मनोरञ्जन पार्कले ‘मन्की किंग’ को जागिर खुलाइएको छ ।

बाँदर बनेको व्यक्तिले मासिक करिब १ लाख १२ हजार नेपाली रुपैयाँ पाउनेछ ।

nawajiwan

उसले बाँदरको पोसाक र मास्क लगाएर गुफामा बसेर पर्यटकले दिएको केरा खानुपर्छ ।

रिपोर्टका अनुसार पर्यटकीय गन्तव्य वुजिशान सिनिक एरियाले भर्खरै जागिरको घोषणा गरेको छ जसको सामाजिक सञ्जालमा निकै चर्चा भइरहेको छ ।

यो काम शैक्षिक योग्यता भन्दा सांस्कृतिक प्रतिनिधित्वको बारेमा अधिक छ।

Attariya Hospital

वास्तवमा, चिनियाँ किंवदन्तीमा यहाँ ‘मन्की किंग’ नामको सुन वुकोङ लोकप्रिय छ।

यस्तो अवस्थामा ‘मन्की किंग’ को प्रतिष्ठित पात्र निभाउन मानिसको खोजी भइरहेको हो ।

यो जागिरका लागि जुनसुकै उम्मेदवार छनोट भए पनि उसको कार्यालय कुनै भवनमा नभई पहाड मुनिको गुफामा हुनेछ ।

मासिक १ लाख १२ हजार रुपैयाँ पाउनेले बाँदरको मास्क लगाएर ‘मन्की किंग’को पहिरन मात्र नभई पर्यटकसँग भेटघाट र उनीहरूले दिएको केरा पनि खानुपर्नेछ ।

हाम्रो कुरा बाट