जब इज्जत लुटियो काठमाडौ माछापोखरीमा

Image
Nisarga Hospital

म पनि गएको थिए माछापोखरीबाट नयाँ बसपार्क दसैंमा घर आउनलाइ टिकट लिन”
टिकट लिएर आफ्नो रुपमा म माछापोखरीकै बाटो आउँदै थिए !
एक जना म सँगै काम गर्ने पुरानो साथी भेटियो ,
अलिकति रमाइलो गरौँ ,
जाउँ एकदुइ प्याक खाउँ ,
भन्न थाल्यो !
मैले अँह म खादिन भने ,,
“किन त्यस्तो भन्छौ यार ”
हिनन अलिकती मात्रै भएनि आज त खानु नैं पर्छ!
साथिले कर गर्नु भयो ”
साथीले नमानेपछी हुन्छ हिन
धेरै कडा रक्सी त पचाउन सक्दैन बियर खाउँ भन्दै साथिको बाइकको पछाडी बसे !
अलिकती पर होटेलमा
बियर खाइयो ,
साथि चुरोट पनि खाने ,
साथिले खाएपछी मैले नि एक दुई सर्को मारिहाले !

CP Hospital Dhangadhi

अब रुममा जान्छु यार भोलि लुगाफाटो धुनु छ पर्सी गाउँ जानुपर्छ !
साथी खुसी लाग्यो धेरै पछि भेट भयो फेरि भेटौँला जान्छु है ,
साथिले हैन आज मेरै रुममा बसौँकी भन्नूभयो
हैन यार जानूपर्छ !
हुन्छ म बाइकमा छोडिदिन्छु रुमसम्म,
हुँदैन यार “अहिले नशा गरिएको छ”
ट्राफिकले समाए गार्हो हुन्छ !
म बिस्तारै जान्छुनि !
ए ल ल हुन्छ बिस्तारै जाउ है भनेर साथी पनि आफ्नो बाटो लाग्यो म पनि आफ्नो रुम तिर लागे,,

अलिकति पर माछापोखरीको पुल नजिकै ओरालो बाटोबाट एकजना केटा आउनुभयो दाइ नमस्ते भन्नुभयो
मैले चिनेको थिएन
नमस्ते फर्काएन
मलाइ पुरै हेर्नुभयो!
चिटिक्क परेर हिडिराख्ने बानी त्यो दिन पनि राम्रै भएको थिए!
मलाइ डर लाग्यो !
केही चोरी गर्नलाई पो होकि हेरेको ,,
मैले सोधिहाले के हेरेको?
ए ए केही हैन दाइ एउटा कुरा भनुकी भनेर
चिनजान नै छैन के कुरा गरुँ खै भनन केहो?
उस्ले जानेहो भन्यो?
मैले भने अलि बुझिएननि भाइ के भनेको?
दाइ गाउँबाट आउनु भएको हो?
हो भाइ किननी? ,,
गाउँमा त माल पाउँदैननी ?
मैले कुरो बुझिहाले,,
ए भाइ तिमी के भन्दैछौ?
जाउ तिमी आफ्नो बाटो बेक्कारमा मलाई बाटोमा रोकेर भन्दै अगाडि बढे ,
दाइ तपाईं जस्तो मान्छे यत्तिपनी बुझ्नुहुदो रहेनछ !
किन गर्न मन लाग्दैन?
रमाइलो?
एसै गरि भन्नुभयो!
हिड जाउँ एकदम सस्तोमा मिलाइ दिन्छु उता हाम्रो होटेल छ !
हजार पन्द्र सयमा मजाले एक घण्टा सम्म ”
अलिकती खाएको थिए” झ्याम्म नशा लागेको थियो!
झन त्यसैमा त्यस्को कुराले मन
के के भो हिंडिहाले त्यही सँग”

nawajiwan
Attariya Hospital

अनि एकछिनमा उता पुगे मलाइ त्यता बस्न लगायो
म रुम सफा गर्दै गर्छु,,
हजार रुपयाँ दिनु काउन्टमा बुझाइदिन्छु भनेर भन्यो!
मैले पनि दिए!
अनि तीन चार ओटा केटिहरु मेरो आँडैमा आएर बसिन्
अंगालो मार्न थालिन्!
डान्स बार रहेछ!
बहिनी तिमिहरु एस्तो काम किन गर्छौ? भनेर पश्न सोद्ध तिर लागे”
झन मलाइ च्याप्प झन अंगालो मार्नुभयो, दुइटै तिर बाट ओठ ओठ मिलाउन खोज्नुभयो!
मलाइ अफ्ट्यारो लाग्यो उठेर आउन खोजे
एउटा केटि फेरि मीठो तरिकाले बोलेर दादा दादा यत्ती
जुस पिएर जानुन भनेर
जुस् खुवायो!
खै त्यो जुस खाएपछि मैले केही चाल पाएन एकछिन पछि ५४,५०० को बिल आयो खै केको बिल हो यो मैले के गरे? के खाए?
म दिन्न
म सँग छैन भन्न थाले
ए के गरेको यता दस्कत हेर के के खाएको छौ!
अनि यो भिडियो हेर भनेर मलाइ
केटिहरुसँग बसेको सबै त्यो देखाउन थाले !
फेरि सारै डर लाग्यो!
अनि मसँग आठ हजार नगद छ यी लिनुस् अरु छैन भने ,
मेरो हात समातेर एउटा कोठामा लानुभयो!
अनि गालामा थप्पड हानेर भन्नुभयो !
हामिलाइ समय छैन छिटो पैसा दिन्छस् कि फेरि कुटाइ खान्छस्?
मैले भने छँदै छँनै कहाँ बाट दिउँ?
ए छैन खै तिम्रो मोबाइल ल्याउ
मैले दिन मानेन !
फेरि गालामा हान्नुभयो!
के गर्ने मैले गर्ने मोबाइल दिए !
तिम्रो घरपरिवारलाई फौन गरेर सबै भनिदिन्छौ भनेर मलाइ डराउन थाले ,,

दादा अलिकती खातामा छ भोलि दिउँला आज मलाइ छोडिदिनु बरु मोबाइल राख्नु भनेर भने
ए यो दुई कौडिको मोबाइल राखेर छोड्ने ?
तिम्रो मोबाइल बेङ्किङ छ कि नाइ?
मैले छ भने!
साला अघि किन नभनेको ? खुरुक्क पैसा हाम्रो खातामा हाल भनेर आफ्नो खातामा पैसा हाल्न लगायो
चार महिनाको सेलरी पन्द्र पन्द्र हजार गरेर बचाएर राखेको थिए!
साटी हजार खातामा थियो इज्जत र चौपन्न हजार पाँच सय लुटिएपछी साढे पाच हजार खातामा रह्यो
अनि भोलि पल्ट ,,
त्यही पाँच हजारले अलि अलि समान किनेर
घर फर्किआए!

पारस भट्ट “प्यासी”
सुदुरपश्चिम बैतडी