“ए माछापोखरी तिम्रो गल्ती हैन”

Image
Nisarga Hospital

ए दसैं तिमी आयौ तिम्रो गल्ती हैन!
ए नयाँ बसपार्क तिमिले मलाइ गाउँ जाने
टिकट लिन बोलायौ तिम्रो गल्ती हैन!
साथी तिमी सँग धेरै पछि भेट भयो तिम्रो गल्ती हैन!
तिमिले रक्सी खाउँ भन्यौ मैले खाए तिम्रो गल्ती हैन!

CP Hospital Dhangadhi

तिमिले बाइकमा छोडिदिन्छु भन्यौ
मैले हिडेरै जान्छु भने तिम्रो गल्ती हैन !
ए माछापोखरी पुल तिमिले तिम्रै आसपासमा
एउटा मान्छेलाई मलाइ देखायौ तिम्रो गल्ती हैन!
त्यही मान्छे सँग डान्सबार पठायौ तिम्रो गल्ती हैन!
ए अपरिचत मान्छे तिम्रो कुरामा
म मख्ख भए तिम्रो गल्ती हैन!

ए डान्सबार तिम्रो गल्ती हैन!
मैले त्यति धेरै पैसा खल्तिमा बोकेर आए
तिम्रो गल्ति हैन!
ए माछापोखरी तिम्रो गल्ती हैन!
बारमा मेरो छेउमा आएर बस्ने केटि तिम्रो गल्ती हैन!
म बसेको टेबुलमा जुस राख्यौ मैले खाए तिम्रो गल्ती हैन!
मेरो खाएको बिल बनाउँने दाइ तिम्रो गल्ती हैन!
भिडियो खिच्ने दाइ तिम्रो गल्ती हैन!
मैले पैसा दिन मानेन थप्पड खाए”

nawajiwan
Attariya Hospital

साउनी तिम्रो गल्ती हैन !
डान्स बार खोलेर बसेको दाइ तिम्रो गल्ती हैन!
प्यासी भएर तड्पिए म जहाँ आउनु पर्ने थिएन
त्यहाँ आए र लुटिए “मेरो गल्ती हो
मेरो गल्ती हो”मेरो गल्ती हो!

पारस भट्ट” प्यासी “
मेलौली दुई बैतडी