पारस भट्ट प्यासीका केही मन छुने मुक्तकहरु

Image
Nisarga Hospital

मुक्तक १
चिन्ता लाग्छ तागत छैन कहिं जाने चाहारा भएन
केही काम गर्नपनि सकिँदैन पेटमा आहारा भएन
छनत थिए बिदेश लागे छोराबुहारी नातिनातिना ,
साथमा कोहि रहेनन् बुढेसकालमा साहारा भएन!

CP Hospital Dhangadhi

मुक्तक २
आफन्त भन्ने कोहि छैनन् साथमा के गर्नु
छैन पैसा हुन्न कापी कलम हातमा के गर्नु
बा बितेको बर्ष नपुग्दै आमा पोइल जानूभयो,
पुरै जिम्मेवारी पर्यो मेरै काधमा के गर्नु!

मुक्तक ३
पिठ्युँमा भारी टाउको माथी नाम्लो ठोक्नुपर्छ
राती चिन्ताले सताउँछ दिनमा निन्द्रा रोक्नुपर्छ
श्रीमती छैन घरमा सानासाना टुहुरा बच्चा छन्
भोक नभनी प्यास नभनी भारी बोक्नुपर्छ!

nawajiwan
Attariya Hospital

मुक्तक ४
सन्तानको लागि खुसी चाहाने चिन्ता गर्ने आमा मात्रै हुन्
बच्चा देखि ठूलो हुँदा सम्म सुवास छर्ने आमा मात्रै हुन्
दुनियाँलेत खुट्टा तान्न खेदो खन्न बाहेक केही जान्दैनन्,
दुख कष्ट केही नभनी सन्तानकै लागि पर्ने आमा मात्रै हुन!

पारस भट्ट “प्यासी”
सुदुरपश्चिम बैतडी