
काठमाडौं: सहकारी घोटला काण्डमा नाम आएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पत्रकार सम्मेलन गर्ने भएका छन् ।

ग्यालेक्सी फोर के टेलिभिजनका अध्यक्ष जिवी राई र रास्वपा सभापति लामिछानेको नाम सहकारी ठगी प्रकरणमा मुछिएको छ। उनीहरुविरुद्ध सहकारी ठगी प्रकरणमा परेका उजुरीको अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) ले गर्ने भएको छ। सिआईबीले उनीहरुविरुद्ध विभिन्न जिल्लामा परेको उजुरीको फाइल मगाइसकेको छ ।
रवि र जीवीको समूहले पोखराको सूर्यदर्शन सहकारी, बुटवलको सुप्रिम बचत, चितवनको साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था, वीरगन्जको सानो पाइला, काठमाडौँको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीको र कम हिनामिना गरेको आरोप छ।




‘गाली गर्न कोही छुट्नु भो कि रु छुट्नु भएको भए गरिहालौं है। मलाई केही कुरा लुकाउनु छैन। पहिलेदेखि जे भन्दै आएँ, त्यसैमा अडिग छु। मिडियामा निरन्तर आइरहेका ‘स्लिप’ मा कोहि ‘स्लिप’ हुनै पर्दैन। बाँकी भ्याएसम्म आजै साँझ प्रेस मिटको तयारी गर्दैछु। सारा प्रश्नहरु एकत्रित पार्दै गर्नुहोला। कसैको कुनै प्रश्न नछुटोस्। त्यसैबाट सबै स्पष्ट पार्ने नै छु,’– उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।



































