
पैंसा बाँडेर, झुटो मात्र बोलेर जितेको हुँ..
जनप्रतिनिधी भन्दा धनप्रतिनिधी बनेको हुँ,
झुटा कुरा घोषणा प्रत्रमा लेखे,
जिते पछि धन सम्पती मात्र देखे.
मलाई जनताकाे माया छ दै थिएन

मैंले बोलेका कुरा एक साँचो थिएन
भन्न त भनेको थिए एम्बुलेन्स ल्याउँछु,अर्को ल्याउँछु!
किन ल्याऊ म त्यो पैसा भित्र लुकाउँछु..
शिक्षामा लगानी गर्छु पनि भनेकै थिए..
मेरा छोरा छोरी पढ्ने भए पो गर्नु.. त्यो पनि भित्र हाल्छु
एक जनप्रतिनिधी म
जनता भन्दा धनलाइ माया गर्ने
लुट्न पाए सारा देश लुट्ने..
गरीब निमुखा कसै नदेख्ने..


नातेदारलाइ सरकारी सम्पती दुरु पयोग गर्न दिन्छु
जनताहरु छटपटाएर मर्न दिन्छु..
सडक सफा गर्ने कुरा हुँदैन
पैंसा लुट्न बाहेक अरु थाहै हुँदैन..
एक जनप्रतिनिधि म ..
योजना आउँदा कमिसन माग्छु
आफ्ना हरुलाई अध्यक्ष बनाउँछु
आफ्ना लाइ नै प्र अ बनाउँछु
सारा सम्पत्ति लुट्न लगाउँछु..
समाज सुधार गर्न खोज्नेलाई कुट्न लगाउँछु
त्या मान्छे लगाई लुट्न लगाउँछु
कसैले विरुद्ध बोल्यो भने
गाउँबाट उसलाई लखेटी भगाउँछु
सारा बजेट कोल्याप्स हान्छु..
कमिसन खान्छु, बार तीर जान्छु..
दुनिया ठग्छु, सुखले जिउँछु
एक हुँ जनप्रतिनिधि म..
✍️कपिल दत्त भट्ट
मेलौली नगरपालीका २ बैतडी





























