
बझाङः प्रगतिशिल युवा समाजको प्राबिधिक, वल्डभिजन इन्टरनेशनल नेपालको आर्थिाक सहयोग र जयपृथ्बी नगरपालिकाको सहकार्यमा जयपृथ्वी नगरपालिका वडा नमबर १० मा रहेको बालमन्दिर आधारभुत बिद्यालयको अस्थायी सिकाइ केन्द्र हस्तान्त्रण गरेको छ । पश्चिम नेपाल भूकम्प प्रतिकार्य परियोजना अन्तर्गत बिद्यालयको ६ कोठे अस्थाई सिकाई केन्द्र निर्माण गरिएको होे ।


गत असोज १६ गते आएको भूकम्पले विद्यालय भवनमा क्षती पुगेपछि यहि मँसिर १५ गते देखि निर्माण कार्य सुरु गरीएकोमा पुष १९ गतेनिर्माण कार्य सम्पन्न गरीएको थियो । जसको लागत १० लाख ६३ हजार १ सय ५२ रहेको छ । प्रगतिशिल युवा समाज र वल्डभिजन इन्टरनेशनल नेपालको साझेदारीमा सिकाइ केन्द्रमा बसाइ व्यवस्थापन सामाग्री, शिक्षण सिकाई सामग्री सँगै मनोसामाजिक परामर्श गरिएको र शौचालय सँगै खानेपानीको धारा समेत निर्माण गरेको छ ।
बुधबार भएको हस्तान्त्रण कार्यक्रममा बोल्दै बाल मन्दिर आधारभुत बिद्यालयका प्रध्यानाध्यापक टेक बहादुर सिहले भुकम्पले बिद्यालयको भबनमा क्षती पुगाउदा त्रासमा पठन पाठन गराउनुपर्ने बाध्यता भैरहेको समयमा सँस्थाले अस्थाइ सँरचना बनाइ दिदा सुरक्षित अबस्थामा पढाइ सञ्चालन गर्न पाएको बताउनुभयो । साथै उहाले बिद्यालयको यो समस्या बुझिदिएको भन्दै सँस्थालाइ धन्यबाद व्यक्त गर्नुभयो ।

भुकम्पले मानबीय भन्दा पनि भौतीक क्षती बढी गरेर जसमा बिद्यालयका भबनमा बढी क्षती भएकाले पढाइलाइ निरन्तरता दिन अस्थाइ भबन निर्माण गरीएको प्रगतिशिल युवा समाजका कार्यकारी निर्देशक लवराज जोशीले बताउनुभयो । साथै आफुहरुले सँरचना बनाएपनि मौषममा आउने परीवर्तनले कहि कतै हावाहुरीले क्षती पुर्रयाए बिद्यालय र स्थानीय सरकारले पनि सँरचनाको हेरबिचार गर्नुपर्ने बताउनुभयो ।


जयपृथ्बी नगरपालिका शिक्षा शाखाका कर्मचारी देबेन्द्र जोशीले भुकम्पले नगरपालिका भित्रका ४६ सामुदायिक र ५ सँस्थागत बिद्यालयमा क्षती पारेको बताउनुभयो । स्थानीय सरहकारले गर्ने काम सँस्थाले समयमा नै निर्माण गरेको बताउदै आफुले नगरपालिकाले गर्ने काममा अन्य बिद्यालय भन्दा बालमन्दिर आबिलाइ अग्रणी स्थानमा राखेको प्रतिबद्धता व्यक्त गनुृभयो ।
यता प्रमुख जिल्ला अधिकारी बिश्वामित्र कुइकेलले भने सरकार बाट तत्काल हुन नसक्ने काम सँस्थाले समयमा नै गदाउदा बिद्यालयका ६ सय बढि बिद्यार्थी सुरक्षित रहेको बताउदै अब बनाउने भबनहरु भुकम्प प्रतिरोधि बनाउन र घरको नक्सा पास गर्ने कार्यलाइ निरन्तरता दिन अनुरोध गर्नुभयो ।
प्रगतिशिल युवा समाज र वल्डभिजन इन्टरनेशनल नेपालको साझेदारीमा जयपृथ्वी नगरपालिका भित्रका ९ वटा विद्यालयका लागि १४ वटा अस्थायी सिकाइ केन्द्र निर्माण गरिएका छन् । जयपृथ्वी नगरपालिका–१मा रहेको बेताल आधारभूत विद्यालयमा ५ कोठे सिकाइ केन्द्र सहित अस्थायी सौचालय, नारायण माध्यामिक विद्यालयमा २ कोठ सिकाइ केन्द्र , जनजागृति आधारभुत विद्यालय भण्डारमा २ कोठे सिकाइ केन्द्र, जयपृथ्वी नगरपालिका ४ मा रहेको बालविकास माध्यामिक विद्यालयमा४ कोठे सिकाइ केन्द्र ,सुनिपिपल माध्यामिक विद्यालयका जयपृथ्वी नगरपालिका ७ सुवेडामा २ कोठे सिकाइ केन्द्रसहित सौचालय, मुड्तीनदेव आधारभूत विद्यालय जयपृथ्वी नगरपालिका ३ पुगरमा २ कोठे अस्थाई सिकाइ केन्द्र, , नाननदेव आवि जनपा ११ डाँडागाउँमा १ कोठे सिकाइ केन्द्र र लुयाँटा आधारभुत विद्यालय जनपा ५ डिलबगरमा २ कोठे सिकाइ केन्द्र गरि ९ विद्यालयका १४ वटा अस्थाइ सिकाइ केन्द्र निर्माण सम्पन्न गरि बिद्यालयलाइ हस्तान्त्रण गरी सकिएको प्रगतिशिल युवा समाज कार्यक्रम व्यवस्थापक यज्ञराज जोशीले बताउनुभयो ।






























