कैलालीको लम्की चुहाकी एक महिला भारतको बेंगलोरमा सडक दुर्घटनामा परी जानकीको मृत्यु

Image
Nisarga Hospital

धनगढी: कैलालीकी एक महिलाको सडक दुर्घटनामा परी भारतमा मृत्यु भएको छ ।

CP Hospital Dhangadhi

कैलाली लम्की चुहा नगरपालीका वडा नम्बर २ घर भई हाल रोजगारको सिलसिलामा भारतको बेंगलोरमा काम गर्दै आएका रुपेन्द्र बिककी श्रीमती जानकी बिकको त्यहाँ मृत्यु भएको हो।

Attariya Hospital

बुधबार बिहान ६ बजेर ४५ मिनेटमा काम गर्न जाने क्रममा बिच सडकमा पानी बोकेको ट्याङ्करले ठक्कर दिएको हो । पछाडीबाट ट्याङ्करले ठक्कर दिँदा जानकीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

nawajiwan

उनको शव पोष्टमार्टम गरेर कैलाली ल्याइएको छ । मृतकका आफन्हरुले ट्याङ्कर चालकलाई कडा कार्वाही र उचित क्षतीपुर्तीको माग गरेका छन्। घटनाको अनुसन्धान भैरहेको छ ।