संसारकै सबैभन्दा ठूलो क्रुज पानीजहाज आफ्नो पहिलो पहिलो यात्रामा निस्कियो !

Image
Nisarga Hospital

विश्वको सर्वाधिक ठूलो क्रुज पानीजहाज मायामी फ्लोरिडाबाट आफ्नो पहिलो यात्रामा निस्किएको छ। उक्त पानीजहाजले उत्सर्जन गर्ने मिथेन ग्यासलाई लिएर चिन्ताहरू व्यक्त भएका छन्।

CP Hospital Dhangadhi

तीन सय ६५ मिटर लामो आइकन अफ द सीज नामक सो क्रुजका २० वटा डेकहरू छन्।त्यहाँ अधिकतम ७ हजार ६ सय यात्रु सवार रहन सक्छन्। रोयल क्यारेबिअन ग्रुपको स्वामित्वमा उक्त क्रुज रहेको छ।आफ्नो पहिलो यात्राका क्रममा यो क्रुज सात दिने भ्रमणमा हुनेछ।

तर कतिपय वातावरण अधिकारकर्मीहरूले तरल प्राकृतिक ग्यास अर्थात् एलएनजीको प्रयोग गरिने यो पानीजहाजले घातक मिथेन उत्सर्जन गर्ने चेतावनी दिएका छन्।“यो गलत दिशातर्फको कदम हो,” इन्टरन्याश्नल काउन्सिल अन क्लिन ट्रान्सपोर्टेशनका मरिन प्रोग्राम निर्देशक ब्रायन कोमरलाई उद्धृत गर्दै रोएटर्स समाचार संस्थाले भनेको छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

“हामी अनुमान के अनुमान गर्छौँ भने मरिन इन्धनको सट्टा एलएनजी प्रयोग गर्दा त्यसले मरिन ग्यास-तेलको तुलनामा धेरै हरित गृह ग्यास उत्सर्जन गर्छ,” उनले भने।

यसै हप्ता आइसीसीले निकालेको एउटा प्रतिवेदनमा एलएनजी प्रयोग गरिएका पानीजहाजबाट हुने मिथेन उत्सर्जन अहिलेको नियमनले अनुमान गरेको भन्दा धेरै रहेको ठहर गरेको थियो।

एलएनजी अरु परम्परागत मरिन इन्धन भन्दा सफा बल्ने भएता पनि त्यो चुहावट हुने जोखिम रहने गर्छ। मिथेन एउटा शक्तिशाली हरित गृह ग्यास हो र यसले २० वर्षको अवधिमा कार्बन डाइअक्साइडको तुनामा ८० गुणा बढी ताप वायुमण्डलबाट सोस्छ।

यी उत्सर्जनहरूलाई कटौती गर्नु तपमान वृद्धिलाई नियन्त्रण गर्ने तर्फको महत्त्वपूर्ण कदम हो।एकजना रोयल क्यारिबिअन प्रवक्ताले आधुनिक पानीजहाजहरूलाई इन्टन्याश्नल म्यारिटाइम अर्गनाइजेशनले तोकेको भन्दा आइकन अफ द सीजले २४ प्रतिशत इन्धन कम खपत गर्ने बताएका छन्।

उक्त कम्पनीले सन् २०३५ सम्म कुल उत्सर्जन शून्य गर्ने पानीजहाज सञ्चालनमा ल्याउने घोषणा गरेको छ।

बिबिसी नेपाली बाट

Dhnagadhi & Krishanapur