जासुसी गरेको आरोपमा प्रहरी हिरासतमा आठ महिना राखिएको परेवा सफाइपछि रिहा

Image
Nisarga Hospital

चिनियाँ जासुस भएको आरोपमा ‘पक्राउ गरी’ भारतीय प्रहरी हिरासतमा आठ महिना राखिएको एउटा परेवा सफाइपछि रिहा भएको छ ।

CP Hospital Dhangadhi

‘टाइम्स अफ इन्डिया’ का अनुसार आर्थिक राजधानी मुम्बईको एक बन्दरगाहमा पखेटामा ‘चिनियाँजस्तो लिपिमा लेखिएको सन्देश’ सहित याे परेवा समातिएको थियो । शुरुमा प्रहरीले जासुसी गरेको आरोपमा चराविरुद्ध मुद्दा दर्ता गरेको थियो तर अनुसन्धान पूरा भएपछि उनीहरूले आरोप फिर्ता लिएका थिए रिपोर्टमा भनिएको छ ।

याे परेवालाई सहरको एक अस्पतालमा थुनेर राखिएको थियो भने प्रहरीले अनुसन्धान गरिरहेको थियो । पिपुल फर द एथिकल ट्रिटमेन्ट अफ एनिमल्स (पेटा) को भारतीय कार्यालयले यो अनुसन्धानमा आश्चर्यजनक आठ महिना लागेको बताएकाे छ ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

पेटा इन्डियाका अनुसार प्रहरीले बुधवार अस्पताललाई परेवा छोड्न औपचारिक अनुमति दिएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार याे परेवा स्वस्थ अवस्थामा रिहा भएको छ ।

जासुसीको आरोपमा भारतीय अधिकारीहरूले हिरासतमा लिएका कैयौँमध्ये यो पछिल्लो परेवा हो । सन् २०१६ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धम्कीपूर्ण सन्देश बोकेको अवस्थामा फेला परेको परेवालाई सीमा सुरक्षा अधिकारीहरूले नियन्त्रणमा लिएका थिए । सन् २०१० मा अर्को परेवाको खुट्टामा औँठी र पाकिस्तानी फोन नम्बर र ठेगाना रातो मसीले टाँसिएको अवस्थामा फेला परेपछि सशस्त्र पहरामा राखिएको थियो ।

Dhnagadhi & Krishanapur