
त्यस बेलादेखि आजसम्म आइपुग्दा यो सामाजिक सञ्जालमा धेरै प्रकारका परिवर्तन भइसके।

फेसबुकले दर्जनौँ नयाँ डिजाइन फेरिसक्यो। केही विद्यार्थीले अमेरिकामा सुरु गरेको एउटा परियोजना आज विश्वकै सबैभन्दा लोकप्रिय सामाजिक सञ्जाल बनेको छ।
यद्यपि यसको उद्देश्य भने फेरिएको छैन। यसको उद्देश्य आज पनि मानिसहरूलाई इन्टरनेटको माध्यमबाट नजिक बनाउनु र विज्ञापनबाट आयआर्जन गर्नु हो।

फेसबुक २० वर्ष पुग्दै गर्दा यसले संसारलाई कसरी फेरिदिएको छ त्यसबारे यहाँ चर्चा गरिएको छ।
१. फेसबुकले सामाजिक सञ्जालको परिभाषा फेरिदियो
फेसबुकभन्दा अगाडि माईस्पेसजस्ता अरू सामाजिक सञ्जाल पनि थिए। तर सन् २००४ मा सुरु भएको मार्क जकर्बर्गको यो वेबसाइट तत्काल लोकप्रिय बन्यो। त्यसले यस किसिमको वेबसाइट कति चाँडो प्रभावशाली बन्न सक्छ भने देखायो।स्थापनाको एक वर्ष नपुग्दै फेसबुकका प्रयोगकर्ता १० लाख पुगे। तस्बिरमा आफ्ना साथीहरूलाई “ट्याग” गर्ने, परिवर्तन वा “रिफ्रेश” भइरहने “फीड” जस्ता नयाँनयाँ सुविधा दिँदै चार वर्षभित्र यसले प्रतिस्पर्धी माईस्पेसलाई उछिन्यो।
२. फेसबुकले हाम्रो निजी डेटालाई मूल्यवान् तर ‘कम व्यक्तिगत’ बनाइदियो
फेसबुकले हाम्रो रुचि र अरुचिबारे जानकारी राखेर पैसा कमाउन सकिन्छ भन्ने देखायो।
फेसबुकले हाम्रो रुचि र अरुचिबारे जानकारी राखेर पैसा कमाउन सकिन्छ भन्ने देखायो।
अहिले फेसबुकको माउकम्पनी मेटा विज्ञापन क्षेत्रको एउटा ठूलो खेलाडी हो। त्यसले विश्वव्यापी विज्ञापन बजारको ठूलो भाग ओगटेको छ।
सन् २०२३ को तेस्रो त्रैमासिकमा मेटाले ३४ अर्ब अमेरिकी डलर कमाएको देखिन्छ। त्यसमध्ये ११ अर्ब ५० करोड अमेरिकी डलर नाफा भएको कम्पनीले घोषणा गरेको थियो।
तर डेटा सङ्कलन कहाँ आपत्तिजनक हुन्छ भन्ने कुरा फेसबुकसँग जोडिएका घटनाहरूले देखाएका छन्।
३. फेसबुकले इन्टरनेटलाई राजनीतिको साधन बनायो
निश्चित समूहका प्रयोगकर्ताप्रति लक्षित विज्ञापनको सेवा दिने भएकोले फेसबुक संसारभरि नै निर्वाचन प्रचारको मुख्य माध्यमका रूपमा उदाएको छ।

उदाहरणका लागि, स्ट्याटिस्टा नामक संस्थाले गरेको अनुसन्धानले देखाएअनुसार तात्कालिक अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको अभियानले सन् २०२० को निर्वाचनअघिको पाँच महिनामा फेसबुक विज्ञापनमा चार करोड अमेरिकी डलरभन्दा बढी खर्च गरेको थियो।
४. फेसबुकले मेटाको प्रभुत्व स्थापित गर्यो
फेसबुकको अपार सफलताले मार्क जकर्बर्गलाई अभूतपूर्व आकार र शक्ति भएको सामाजिक सञ्जाल तथा प्रविधिको साम्राज्य बनाउन सघायो।
फेसबुकले ह्वाट्स्याप, इन्स्टाग्राम र ओक्यूलसजस्ता स्थापित र नयाँ कम्पनीलाई किन्यो र सन् २०२२ मा आफ्नो कम्पनीको नाम परिवर्तन गरी मेटा राख्यो।
अहिले तीन अर्ब मानिसले आफ्नो कुनै न कुनै सञ्जाल दैनिक रूपमा प्रयोग गर्ने दाबी मेटाको छ।
अहिले फेसबुकको माउकम्पनी मेटा विज्ञापन क्षेत्रको एउटा ठूलो खेलाडी हो। त्यसले विश्वव्यापी विज्ञापन बजारको ठूलो भाग ओगटेको छ।
सन् २०२३ को तेस्रो त्रैमासिकमा मेटाले ३४ अर्ब अमेरिकी डलर कमाएको देखिन्छ। त्यसमध्ये ११ अर्ब ५० करोड अमेरिकी डलर नाफा भएको कम्पनीले घोषणा गरेको थियो।
तर डेटा सङ्कलन कहाँ आपत्तिजनक हुन्छ भन्ने कुरा फेसबुकसँग जोडिएका घटनाहरूले देखाएका छन्।अब २० वर्षमा के होला?
फेसबुकको उदय र प्रभावले यसको सान्दर्भिकता र मार्क जकर्बर्गको क्षमता देखाउँछन्।
तर आगामी २० वर्षसम्म पनि “संसारको सर्वाधिक लोकप्रिय सामाजिक सञ्जाल” रहिरहन भने फेसबुकका लागि चुनौतिपूर्ण हुने छ।
मेटाले प्रविधिको क्षेत्रमा रहेका एपलजस्ता प्रतिद्वन्द्वीहरूलाई सम्भवत: पछाडि पार्दै मेटाभर्सको अवधारणामा जोड दिँदै छ।
बीबीसी न्यूज नेपाली बाट




























