डोटीको सायल गाउँपालिकामा जिप दुर्घटना, चालक घाइते

Nisarga Hospital

डोटी : डोटीमा जिप दुर्घटना भएको छ। जिल्लाको सायल गाउँपालिका–४ भाल्माको कच्ची सडकमा जिप दुर्घटना भएको हो।

CP Hospital Dhangadhi

दुर्घटनामा चालक घाइते भएका छन्। शनिबार विहान जिप दुर्घटनामा परेर चालक भाल्माका ३९ वर्षीय मीनबहादुर बोगटी घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

Attariya Hospital

बोगटीको दाँहिने खुट्टाको घुँडा, छाती र टाउकोमा चोट लागेको प्रहरी निरीक्षक सीताराम विष्टले बताए। उनको अवस्था सामान्य छ। भाल्मादेखि सिलगढीतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ ज ३९९ नम्बरको जिप अनियन्त्रित भएर दुर्घटना भएको हो।

nawajiwan

जिप करिब २५ मिटर तल खसेको अनुमान छ। जिपमा चालक मात्र रहेको प्रहरीले जनाएको छ।