
रुपक खड्का/बझाङः सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनक गरेको ‘स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकन (FRA) को नतिजामा सार्वजनिक गरेको छ।

स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकनमा बझाङका १२ वटा स्थानीय तह मध्ये मष्टा गाउँपालिका जिल्लामै प्रथम भएको छ। आज सार्वजनिक भएको नतिजामा आर्थिक वर्ष २०७९÷०८० को स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकनमा ६९ अंङ्क ल्याएर मष्टा गाउँपालिका बझाङमा पहिलो स्थान हासिल गर्न सफल भएको हो ।
एक सय पूर्णाङ्कमा ६९ अंङ्क का साथ वित्तिय सुशासन जोखिम मूल्यांकनमा मष्टा गाउँपालिका प्रथम ,थलारा गाउँपालिकाले ५१ दशमलव ५ अंक प्राप्त गरि दोस्रो स्थान हासिल गरेको छ भने सुर्मा गाउँपालिकाले ४९ दशमलव ५ अंक सहित तेस्रो स्थान प्राप्त गरेको छ ।
यो मुल्यांकनमा ५ वटा सूचाङ्कलाई आधार मानेर नम्बर प्रदान गरिदै आएको छ । योजना कार्यक्रम तथा बजेट व्यवस्थापन, कार्यान्वयन क्षमता तथा व्यवस्थापन, लेखाङ्कन तथा प्रतिवेदन, अनुगमन मुल्यांकन तथा लेखापरिक्षण र राजस्व व्यवस्थापनलाई आधार मानी मुल्यांकन गरिदै आएको छ ।




यसैगरि स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांंकनमा प्रथम भएको छबिसपाथिभेरा गाउँपालिका वित्तीय सुशासन जोखिम मूल्यांकनमा छैटौं स्थानमा परेको छ।
जिल्लाको बुङल नगरपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांंकन र वित्तीय सुशासन जोखिम मूल्यांकनमा जिल्लामै कमजोर देखिएको छ। जसमा २८ अंङ्क ल्याएर उच्च जोखिममा परेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनक गरेको नतिजामा उल्लेख गरेको छ।


































