
बैतडी : बैतडीमा ट्याक्टर दुर्घटना भएको छ । शनिबार राति जिल्लाको पाटन नगरपालिका-८ झौलेकमा ट्याक्टर दुर्घटना हुदाँ २ जनाको मृत्यु भएको छ ।


मृत्यु हुनेमा कञ्चनपूर निवासी ३५ बर्षीय राजेश चौधरी रहेकाछन् भने अर्का मृतकको परिचय खुल्न बाँकी रहेको छ । से २ त ३६७८ नम्बरको ट्याक्टर शनिबार राती नै दुर्घटना भएको जनाएको छ । । घटनाको बिषयमा थप अनुसन्धन भैरहेको प्रहरीले जनाएको छ ।































