
आईपीएल क्रिकेटमा राजस्थान रोयल्सले पहिलो हार ब्यहोरेको छ। गएराति भएको खेलमा गुजरात टाईटन्सले राजस्थानलाई ३ विकेटले हरायो। राजस्थानले दिएको १ सय ९७ रनको विशाल लक्ष्य गुजरातले अन्तिम बलमा ७ विकेट गुमाएर भेट्टायो।

पहिलो खेलमा पराजित राजस्थान ५ खेल खेल्दै ८ अंकसहित तालिकाको शीर्ष स्थानमा छ। ६ वटा खेल खेलेको गुजरात तीन खेलमा पराजित भएको छ। ६ अंक जोडेको गुजरात तालिकाको छैठौं स्थानमा छ।
टस जितेर गुजरातले राजस्थानलाई सुरुमा ब्याटिङको निम्तो दिएको थियो। गुजरातका लागि कप्तान सञ्जु स्यामसन र रियान परागले अर्धशतकीय इनिङ खेले। कप्तान सञ्जुले नटआउट ३८ बलमा ६८ रन बनाए। परागले ४८ बलको सामना गर्दै सर्वाधिक ७६ रन जोडेका थिए। ओपनर यशस्वी जैसवाल १९ बलमा २४ रन बनाएर आउट हुँदा जोस बटलर १० बल खेल्दै ८ रनमा आउट भएका थिए। सिंम्रन हेटमायर ५ बलमा १३ रन बनाएर नटआउट रहे। तीन विकेटको क्षतिमा राजस्थानले १९६ रन बनाएको थियो।
जित पछि गुजरात ६ खेलमा ६ अंक सहित छैठौं स्थानमा छ। राजस्थान ५ खेलमा ८ अंक सहित शीर्ष स्थानमा छ।




























