सामुदायिक वनमाथि खनिए गाउँपालिका अध्यक्ष बोगटी

Image
Nisarga Hospital

अत्तरिया : चुरे गाउँपालिकाका अध्यक्ष चक्रबहादुर बोगटीले चुरेमा रहेका सामुदायिक वनले हिसाब किताब चुस्त दुरुस्त राख्नु पर्ने बताएका छन् । बुधवार गाउँपालिकामा आयोजित एक कार्यक्रममा उनले पछिल्लो पटक हिसाब किताब चुस्त दुरुस्त नराख्नाले सामुदायिक वनका पदाधिकारी बदनामि हुँदै गएको बताए ।

CP Hospital Dhangadhi

उनले हरेक वर्ष सामुदायिक वनले लाखौँको काठ विक्री गर्दै आए पनि खातामा रुपैयाँ नदेखाउने प्रवृत्तिले जनतामा निराशा जागेको बताए । सामुदायिक वनको खातामा रहेको रुपैयाँ कहाँ कसरी खर्च भइरहेको छ, जनतालाई त्यसको जवाफ पदाधिकारीले दिनुपर्ने उनको भनाइ छ । वर्षेनि लाखौँको कारोबार गर्दै आएका चुरेका सामुदायिक वनको खातामा रुपैयाँ नहुनुले वनका पदाधिकारीमाथि शंकाको दृष्टिकोणले हेर्नुपर्ने अवस्था आएको अध्यक्ष बोगटीको भनाइ थियो । सो गाउँपालिकामा ३५ वटा भन्दा बढी सामुदायिक वन रहेका छन् ।