
खराब मौसमका कारण हवाई सेवा प्रभावित हुन पुगेको छ । बिहीबार दिउँसो करिब ३ बजेदेखि बिग्रिएको मौसमका कारण राष्ट्रिय (डोमिस्टिक) तथा अन्तर्राष्ट्रिय उडानहरू प्रभावित हुन पुगेका हुन् ।

उनका अनुसार आन्तरिक उडानका जहाज ‘डाइभर्ट’ भएका छन् भने अन्तर्राष्ट्रियतर्फ केही जहाज आकाशमा फन्को लगाउने ‘होल्ड’ हुनका साथै केही जहाज विभिन्न गन्तव्यमा डाइभर्ट भएका छन् ।
सूचनाअनुसार इन्डिगो जहाज दिल्ली डाइभर्ट भएको छ भने चाइना स्टर्न ढाका डाइभर्ट भएको छ । यस्तै, ४ बजेका लागि ल्यान्ड गर्न खोजेको भिस्टारा एयर करिब सवा घण्टादेखि आकाशमा नै होल्ड भएको छ भने कतार एयरवेजको जहाज समेत एक घण्टादेखि आकाशमा नै होल्ड भएको छ ।
नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको बुद्ध एयरको जहाज भैरहवा फर्किएको थियो भने सिमराबाट काठमाडौँ आइरहेको सोही कम्पनीको जहाज सिमरा नै डाइभर्ट भएको छ । काठमाडौँबाट पोखरा जान लागेको यती एयरलाइन्सको जहाज काठमाडौँ नै फर्किएको छ ।




























