डोटीको जोरायलमा गोठ, कुखुरा र बाख्रा फर्ममा आगलागी

Image
Nisarga Hospital

डोटीमा एक जनाको गोठ, कुखुरा र बाख्रा फर्ममा आगलागी भएको छ। जिल्लाको जोरायल गाउँपालिका–४ जडेपानीका गोपाल बोहराको गोठमा आगलागी भएको हो। आगलागीबाट गोठमा बाँधिएको एक बाच्छो जलेको छ। यस्तै सोहि गोठको आगो कुखुरा र बाख्रा फर्ममा समेत सल्किन गइ आगलागी भएको छ।

CP Hospital Dhangadhi

आगलागीबाट १६ वटा कुखुरा जलेर मरेका छन्। आगालगीबाट अन्दाजी ८० हजार बराबरको क्षति भएको छ। आगलागीको कारण भने खुलेको छैन्, घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।