बैतडीबाट शैक्षिक भ्रमणमा गएको बस दुर्घटना, १३ जना घाईते

Image
Nisarga Hospital

बैतडी: बैतडीको मेलौली नगरपालिकाबाट शैक्षीक भ्रमणको लागि गएको बस दुर्घटनामा परेको छ। मणिलेक नमुना माविबाट शैक्षिक अवलोकन भ्रमणका लागि गएको ना ८ ख ६३६१ नम्बरको बस बुधबार बिहान ०५ः४५ बजेतिर दुर्घटनामा परेको हो।

CP Hospital Dhangadhi

बर्दियाको पूर्ब पश्चिम राजमार्ग अन्तर्गत ठाकुरबाबा नगरपालिका ४ मा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख तुल्सीराम अर्यालले बताए। सडक किनारमा रोकिराखेको ट्रकमा बस ठोक्किएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।

दुर्घटनामा परी १३ जना समान्य घाईते भएका छन। घाईते मध्ये ५ जनाको नेपालगन्जमा उपचार भईरहेको जनाएको छ। बसमा ४२ जना सवार रहेको थिए। बस मंगलबार मेलौलीबाट शैक्षिक अवलोकन भ्रमणका लागि चितवन तर्फ हिडेको थियो।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur