पहिरोका कारण जयपृथ्वी राजमार्ग अवरुद्ध

Image
Nisarga Hospital

अत्तरिया : लगातारको बर्षाले सडकमाथिबाट पहिरो खसेपछि जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

CP Hospital Dhangadhi

बैतडीको खोड्पे अगाडी जयपृथ्वी राजमार्गमा पहिरो खस्दा यातायात सेवा अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि तराईबाट बझाङका लागि छुटेका सवारी साधन र बझाङबाट तराईका लागि छुटेका सवारी साधन बीचबाटोमै रोकिएका छन् ।

अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको तर लगातारको बर्षाले समस्या भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिएका छन् ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur