
अत्तरिया : नेपाल लोकतान्त्रिक खेलकुद सघं सुदूरपश्चिम प्रदेशले धनगढीमा आत्मरक्षा तालिम सुरु गरेको छ । कैलालीका विभिन्न विद्यालयमा अध्यायनरत किशोरीहरुलाई आत्मरक्षा तालिम दिन सुरु गरिएको हो । केआइएफ कुरोदय सेल्प डिफेन्स मार्सलआर्टस् सघंको सहयोगमा तालिम सुरु भएको हो । धनगढी स्थित निर्माण व्यवसायी सघंको सभा हलमा तालिम सुरु गरिएको हो ।

विभिन्न स्कूलमा अध्यायनरत १ सय ५० जना किशोरीहरुको नाम सिफारिश भएको नेपाल लोकतान्त्रिक खेलकुद सघं सुदूरपश्चिमका अध्यक्ष तथा प्रमुख प्रशिक्षक सुरेन्द्रसिहं बिष्टले बताए । ३ दिनसम्म चल्ने तालिमबाट ३० जना किशोरीहरुलाई छनौट गरी उनीहरुलाई प्रशिक्षकका रुपमा तयार पार्ने योजना बनाइएको छ ।
हामी ३ दिनको प्रशिक्षणबाट ३० जना किशोरीहरुलाई छनौट गर्छौँ बिष्टले भने, ३० जनालाई एक महिना तालिम दिएर प्रशिक्षक तयार गर्ने छौँ र उहाँहरुले सुदूरपश्चिमका ९ वटै जिल्लामा गएर आत्मरक्षा तालिम दिनुहुने छ ।
विभिन्न स्कूलमा अध्यायनरत छात्राहरुलाई लक्षित गरेर तालिम सञ्चालन गरिएको बिष्टले बताए । महिला तथा बालबालिकाहरुलाई समाजमा हुने विभिन्न हत्या, हिसां, बलात्कार लगायत अपराधिक क्रियाकलापबाट जोगाउनुनै तालिमको मुख्य उद्देश्य रहेको उनले बताए । घटना न्यूनीकरणका लागी ब्यवहारिक र सैद्धान्तिक ज्ञान दिइने उनले बताए ।


































