स्थानीय तह उपनिर्वाचनका लागि बझाङको सुर्मा गाउँपालिका- ४, मा तीन जनाको उम्मेदवारी दर्ता

Image
Nisarga Hospital
CP Hospital Dhangadhi

बझाङ- मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि बझाङको सुर्मा गाउँपालिका- ४, मा चुनाव लड्ने दलका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

आज निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भएर तीन जनाले वडाध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।
वडाध्यक्ष पदमा कांग्रेसबाट धिरेन्द्र पुजारा, एमालेका लखिचन्द्र बोहरा र माओवादी केन्द्रका पुष्कर बोहराले मनोनयन दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ ।

nawajiwan
Attariya Hospital

गत निर्वाचनमा विजयी एमालेका सर्जन बोहराको मृत्यु भएपछि यस वडामा उपनिर्वाचन हुन लागेको हो ।

अघिल्लो निर्वाचनमा एमालेका उम्मेदवारले ६ सय २९ मत ल्याएर विजयी भएका थिए भने निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवारले ६ सय ४ मत ल्याएका थिए ।