नेपाल कम्युनिष्ट पार्टी (विप्लव) द्वारा एसईईमा सहभागी हुने विद्यार्थीहरूलाई पुस्तक वितरण

Image
Nisarga Hospital
CP Hospital Dhangadhi

बझाङ- नेपाल कम्युनिष्ट पार्टी (विप्लव) बझाङले पुस्तक वितरण गरेको छ ।
जिल्लाको दुर्गाथलि गाउँपालिकाका विभिन्न माध्यामिक विद्यालयबाट यस वर्षको एसईई परीक्षामा सहभागी हुने विद्यार्थीहरूलाई पुस्तक वितरण गरेको हो ।

पौष २ गते दुर्गाथलि गाउँपालिका ६ मा रहेका सूर्योदय माध्यामिक विद्यायल तल्लो चुवाबन र मष्ठा माध्यामिक विद्यालय मल्लो चुवाबनमा कक्षा १० मा अध्यनरत विद्यार्थीलाई वल्ड इज गोल्ड नामक पुस्तक वितरण गरिएको नेपाल कम्युनिष्ट पार्र्टी बझाङ जिल्ला सचिव प्रबिन सीले जानकारी दिए ।

nawajiwan

एसईई परीक्षामा सहभागी हुने विद्यार्थीहरूलाई प्रेरणा र प्रोत्साहन स्वरूप नेपाल कम्युनिष्ट पार्टी विप्लव निकट विद्यार्र्थी संगठन अखिल समाजवादीका केन्द्रीय महासचिव प्रकाश सी को विशेष पहलमा नेपाल कम्युनिष्ट पार्टी बझाङ जिल्ला सचिव प्रबिन सी र नेकपा निकट विद्यार्थी संगठन अखिल समाजवादी बझाङ जिल्ला अध्यक्ष सचिन सि को उपस्थितिमा एक कार्यक्रमका बिच वल्ड इज गोल्ड नामक पुस्तक वितरण गरिएको हो ।

Attariya Hospital

पार्टीले शिक्षालाई समाज परिवर्तनको मूल आधार मानेर यस्तो अभियान चलाएको बताए । विप्लव नेतृत्वको पार्टीले आफ्नो शैक्षिक सुधार कार्यक्रम अन्तर्गत आर्थिक रूपमा कमजोर परिवारका विद्यार्थीहरूलाई सहयोग गर्ने उद्देश्यले पुस्तक वितरण गरेको हो।
यस अभियानले विद्यार्थीहरूलाई पढाईमा थप प्रोत्साहन मिल्ने विश्वास व्यक्त गर्दै शिक्षक र अभिभावकहरूले पार्टीको यस कदमको सराहना गरेका छन् ।
पार्टीले हालसम्म दुर्गाथलिका ५ वटा माध्यामिक विद्यालयमा १ सय ५० सेट उक्त पुस्तक वितरण गरिएको जनाइएको छ ।

जसमा चौधारी माध्यामिक विद्यालय चौधारी , गौरी माध्यामिक विद्यलाय जाफ्री, दुर्गा माध्यामिक विद्यालय बिसौना , मष्टा माध्यामिक विद्यालय मल्लो चुवाबन र सूर्योदय माध्यामिक विद्यालय तल्लो चुवाबन रहेका छन ।

उक्त पुस्तक वितरण कार्यक्रमलाई निरन्तरता दिने पार्टीले जनाएको छ ।