चुरे गाउँपालिकाकी केशबी बिष्ट राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको महिला खो–खो टोलीमा छनोट

Image
Nisarga Hospital

कैलालीः कैलाली जिल्लाको चुरे गाउँपालिकाकी खेलाडी केशबी बिष्ट दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला खो–खो विधामा सुदूरपश्चिम प्रदेशको टोलीमा छनोट हुन सफल भएकी छन्।

CP Hospital Dhangadhi

खेलकुद क्षेत्रमा निरन्तर मेहनत, लगनशीलता र उत्कृष्ट प्रदर्शन गर्दै बिष्टले प्रदेशस्तरीय टोलीमा स्थान बनाउन सफल भएकी हुन्। उनको यस सफलताले चुरे गाउँपालिकाको खेलकुद क्षेत्रसँगै समग्र सुदूरपश्चिम प्रदेशकै गौरव बढाएको छ।

ग्रामीण क्षेत्रमा रहेर पनि खेलकुदमार्फत राष्ट्रिय स्तरमा आफ्नो पहिचान बनाउन सफल भएकी बिष्टको उपलब्धिलाई स्थानीयस्तरमा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

उनको सफलताले चुरे गाउँपालिकाका अन्य खेलाडीहरूलाई समेत खेलकुद क्षेत्रमा अघि बढ्न प्रेरणा मिल्ने अपेक्षा गरिएको छ।
केशबी बिष्टलाई हार्दिक बधाई तथा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा उत्कृष्ट प्रदर्शनसहित सफलताको शुभकामना!