दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि महिला भलिबल टोलीमा कैलालीबाट ६ खेलाडी छनोट, चुरेका मात्रै ३ जना

Image
Nisarga Hospital

नरेश नाथ योगी /कैलालीः दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको महिला भलिबल टोलीमा कैलाली जिल्लाबाट ६ जना खेलाडी छनोट हुन सफल भएका छन्।

CP Hospital Dhangadhi

यस उपलब्धिमा कैलालीको चुरे गाउँपालिकाबाट मात्रै ३ जना खेलाडी छनोट भएका छन्। छनोट हुने खेलाडीहरूमा दीक्षा जोशी, रिमा रोकमगर र निर्मला बोहरा रहेका छन्।

चुरे गाउँपालिकाबाट छनोट भएका तीनै जना खेलाडीले आफ्नो प्रतिभा, मेहनत र निरन्तर अभ्यासका माध्यमबाट प्रदेशस्तरीय टोलीमा स्थान बनाउन सफल भएका हुन्। उनीहरूको यस सफलताले चुरे गाउँपालिकाको खेलकुद क्षेत्रलाई थप उत्साहित बनाएको छ।

स्थानीय स्तरबाट खेलकुदमा अघि बढेका खेलाडीहरूले राष्ट्रिय प्रतियोगितामा प्रदेशको प्रतिनिधित्व गर्ने अवसर पाउनु गौरवको विषय भएको छ। यस उपलब्धिले गाउँपालिकामा रहेका अन्य खेलाडीहरूलाई समेत खेलकुद क्षेत्रमा लाग्न प्रेरणा मिल्ने अपेक्षा गरिएको छ।

ऐतिहासिक उपलब्धि हासिल गर्ने सम्पूर्ण खेलाडी, प्रशिक्षक, खेलप्रेमी, अभिभावक तथा चुरे गाउँपालिकावासीमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरिएको छ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिम प्रदेशको महिला भलिबल टोलीले उत्कृष्ट प्रदर्शन गर्दै सफलता हासिल गरोस् भन्ने शुभेच्छासमेत व्यक्त गरिएको छ।