राइजिङ स्टार्स कप : पाकिस्तान ‘ए’ सँग भारत ‘ए’ ४८ रनले पराजित, नेपाललाई सेमिफाइनल पुग्ने अवसर

Image
Nisarga Hospital

कतारको दोहामा जारी एशिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ ले भारत ‘ए’ लाई ४८ रनले पराजित गरेको छ।

CP Hospital Dhangadhi

पाकिस्तानले दिएको ३१४ रनको लक्ष्य पछ्याएको भारत ‘ए’ ४९ ओभर १ बलमा २६५ रनमै समेटियो। भारतका कप्तान तिलक बर्माले शतकीय इनिङ खेल्दै १०० रन बनाए पनि टोलीलाई जिताउन सकेनन्। पाकिस्तानका हसन नवाज र अली राजाले समान तीन विकेट लिए।

यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तान ‘ए’ ले ४९ ओभर २ बलमा सबै विकेट गुमाएर ३१३ रन बनाएको थियो। उसका लागि हसन नवाजले ७९, माज सदाकतले ५९ र फरहान युसुफले ५६ रन बनाए।

लगातार दुई जितसँगै पाकिस्तान ‘ए’ सेमिफाइनल नजिक पुगेको छ। नेपालले यसअघि यूएईलाई ६ विकेटले हराउँदै पहिलो जित निकालेको थियो। पहिलो खेलमा भारतसँग ३०६ रनले पराजित भएको नेपालले सेमिफाइनल सम्भावना कायम राख्न सोमबार पाकिस्तान ‘ए’ विरुद्धको अन्तिम खेल जित्नुपर्नेछ।

नयाँ प्रकाशित