डोटीमा जिप दुर्घटना: २ जना घाइते, चालक पनि उपचारमा संलग्न

Nisarga Hospital

डोटी: डोटीको बोगटान फुड्सिल गाउँपालिका-३ स्थित धुलाचौरमा भएको जिप दुर्घटनामा २ जना घाइते भएका छन्। दिउँसो ९:४५ बजे दिपायलबाट कानाचौर तर्फ जाँदै गरेको बोलेरो जिप, से १ ज ८३८ नम्बरको, चालक अर्जुन मल्लको नियन्त्रण बाहिर गएर दुर्घटना भएको हो।

CP Hospital Dhangadhi

घाइते हुनेमा बोगटान फुड्सिल गाउँपालिका-३ कानाचौर बस्ने ३० वर्षीया ज्ञान कुमारी बोहरा र सप्तरी कंकाली नगरपालिका-४ बस्ने २४ वर्षीय काजल मण्डल छन्।

दुर्घटनामा घाइते भएका दुवै जनालाई स्थानीय स्वास्थ्य चौकीमा उपचार गरिएको थियो र थप उपचारको लागि धनगढी रिफर गरिएको प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ। जिप सडकबाट लगभग २० मिटर तल खसेर दुर्घटनामा परेको थियो। चालक पनि उपचारमा संलग्न रहेको जनाएको छ।