बैतडीमा जीप दुर्घटना: चार जना घाइते, एकको अवस्था गम्भीर

Image
Nisarga Hospital

बैतडीको दशरथचन्द नगरपालिका–११ नानिगाडमा जीप दुर्घटना हुँदा चार जना घाइते भएका छन्। शुक्रबार राति देहीमाण्डौंबाट गिरेगडातर्फ जाँदै गरेको बिएसी ५६५९ नम्बरको जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

CP Hospital Dhangadhi

दुर्घटनामा परेका घाइतेहरूमा पञ्चेश्वर गाउँपालिका–६ का ३५ वर्षीय जीप चालक राकेश कोली, सोही ठाउँका ५२ वर्षीय लालीराम कोली, पञ्चेश्वर–५ का ५४ वर्षीय चञ्चले दयाल र दशरथचन्द नगरपालिका–१० की अन्दाजी ३० वर्षीया कविता परियार रहेका छन्।

Attariya Hospital

प्रहरी निरीक्षक तथा कार्यालयका प्रवक्ता बलराम पाण्डेयका अनुसार घाइतेमध्ये चञ्चले दयालको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था सामान्य छ। घाइतेहरूको उपचार जिल्ला अस्पताल बैतडीमा भइरहेको छ।

nawajiwan

प्रहरीका अनुसार जीप सडकबाट करिब ४० मिटर तल खसेको थियो। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको बताइएको छ।