बैतडीमा भिरबाट लडेर २४ बर्षीय महिलाको मृत्यु, ६ महिने बालकको विचल्ली

Image
Nisarga Hospital

अत्तरिया : बैतडीमा घाँस काट्न गएकी एक महिलाको भिरबाट लडेर मृत्यु भएको छ । सूर्नया गाउँपालिका–८ ढोले रातापानीकी २४ वर्षीया सरिता बोहराको घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको हो ।

CP Hospital Dhangadhi

शुक्रबार बिहान करिब ९ बजे भालुपण एकलकट्टा भन्ने भिरबाट लडेर उनको मृत्यु भएको वडा– ८ का अध्यक्ष भानबहादुर बोहराले जानकारी दिए । भिरबाट झण्डै डेढ सय मिटर तल खसेर घटनास्थलमा नै मृत्यु भएको हो ।

Attariya Hospital

उनका एक सात वर्षीय र अर्का छ महिनाका छोरा छन् । उनी दुई वर्षअघि पनि भिरबाट लडेर गम्भीर घाइते भएकी थिइन । शुक्रबार भिरबाट लडेर उनको घटनास्थलमै मृत्यु भएपछि ६ महिने छोराको विचल्ली भएको छ ।

nawajiwan

# ट्रेण्डिङ