हिमशिखर सहकारीको काण्ड: पाँच करोड हिनामिनामा ५०४ बचतकर्ता ठगिए, दुई वर्षदेखि कार्यालयमा ताला

Image
Nisarga Hospital

“विश्वास नै सबैथोक हो” भन्ने सोच बोकेर हजारौं रुपैयाँ जम्मा गरेका स्थानीय व्यापारी र सर्वसाधारण आज ठगिएका महसुस गरिरहेका छन्। २०६५ सालमा दिपायलमा स्थापना गरिएको हिमशिखर बहुउद्देश्यीय सहकारी संस्थाले बचतकर्ताको करिब पाँच करोड रुपैयाँ हिनामिना गरेको पाइएको छ।

CP Hospital Dhangadhi

डोटीको पिपल्ला, दिपायल, सिलगढी र राजपुर बजारमा दैनिक रूपमा व्यापारीहरूसँग रकम संकलन गर्ने नाममा सहकारीले सानोसाना बचतकर्तालाई चिठ्ठामा पारेको खुलेको छ। सहकारीको कार्यालय दुई वर्षदेखि बन्द छ, तर बचत फिर्ता पाउने आशा बोकेर पीडितहरू अझै प्रतीक्षारत छन्।

पिपल्ला बजारका होटल व्यवसायी चेतबहादुर खड्काले आफ्नो परिवारका नाममा जम्मा गरेको ११ लाखभन्दा बढी रकम अझै फिर्ता नपाएको गुनासो गरे। “ब्याजको कुरा होइन, आफ्नो सवा पैसा पनि देख्न पाएको छैन,” उनले भने। त्यसैगरी, स्थानीय व्यापारी सर्वजित देउवाले करिब ७ लाख रुपैयाँ फसेको बताएका छन्। सुजङ अस्पतालले पनि १४ लाख रुपैयाँ बचत गरे पनि फिर्ता पाउन सकेको छैन।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash

सहकारीमा जम्मा ५०४ जना सदस्यले बचत गरेका छन्। तर, अध्यक्ष धनबहादुर शाहीका अनुसार ११२ जनालाई करिब ४ करोड रुपैयाँ ऋण दिएपछि सहकारी डुबेको हो। अझ घातक कुरा, सहकारीका पूर्व कार्यालय प्रमुख दीपक साउदमाथि दुई करोड १८ लाख रुपैयाँ हिनामिनाको आरोप लागेको छ। तीन महिना भइसक्दा पनि उनले हिसाब किताब प्रस्तुत नगरेको अध्यक्ष शाही बताउँछन्।

“ऋण उठाउन सके सबैलाई फिर्ता गरिन्छ,” भन्ने शाहीको दाबीमा विश्वास गर्ने आधार भने घट्दै गइरहेको छ। सहकारीका आठ बैंक खातामा जम्मा १ लाख ८४ हजार मात्र बाँकी छ — यो तथ्यले बचतकर्ताको निराशा अझै गहिरो बनाएको छ।

स्थानीयहरूले यो विषयमा छानबिन र कडा कारबाहीको माग गरिरहेका छन्। सहकारीको नाममा चलिरहेको ठगी प्रकरणले देशभरिका सहकारी प्रणालीप्रति समेत गम्भीर प्रश्न उठाएको छ।

कान्तिपुरबाट केही शब्दहरु साभार

Dhnagadhi & Krishanapur