सुर्मा गाउँपालिकामा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

Image
Nisarga Hospital

सुर्मा गाउँपालिकामा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । करदातामा करप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले गाउँपालिका राजस्व शाखाको आयोजनामा वडा नम्बर १ देखि ५ सम्म उक्त कार्यक्रम गरिएको थियो । करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सोमवार सुर्मा गाउँपालिका वडा न २ मा सम्पन्न भएको हो । वडा अध्यक्ष सुरेन्द्र बहादुर बोहराको अध्यक्षतामा उक्त कार्यक्रम गरिएको हो ।

CP Hospital Dhangadhi

कार्यक्रममा स्थानीय कर प्रणाली, करको महत्त्व, कर तिर्ने प्रक्रिया, सजिलो सेवा प्रवाह लगायतका विषयमा जानकारी प्रदान गरिएको थियो।

nawajiwan
pk & Lotus

कार्यक्रममा विभिन्न वडाबाट सहभागी करदाता, व्यवसायी, समाजसेवी, वडाअध्यक्ष लगायतको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागीहरूले यस्ता कार्यक्रमले नागरिकमा करप्रति विश्वास र उत्तरदायित्व बोध गराउने भएकाले निरन्तरता दिनुपर्ने सुझाव दिएका छन्।

सुर्मा गाउँपालिका राजस्व शाखा प्रमुख राजेन्द्र प्रसाद अवस्थीका अनुसार, कार्यक्रममा करसम्बन्धी व्यावहारिक ज्ञान प्रदान गर्नुका साथै नागरिक र स्थानीय सरकारबिच उत्तरदायित्वको सम्बन्ध प्रगाढ बनाउने प्रयास गरिएको हो। कार्यक्रमले करदाताहरूमा करप्रतिको बुझाइ, विश्वास र स्वेच्छिक कर तिर्ने प्रवृत्तिमा वृद्धि हुने अपेक्षा गरिएको छ।

Dhnagadhi & Krishanapur