एसईईमा बैतडीको सरस्वती संस्कृत माविका सतप्रतिशत विद्यार्थी पास

Image
Nisarga Hospital

बैतडीको सरस्वती संस्कृत माध्यमिक विद्यालयबाट एसईई परीक्षामा सामेल भएका सबै विद्यार्थी पास भएका छन्। दशरथचन्द नगरपालिका वडा नम्बर-६ स्थित विद्यालयबाट १३ जना विद्यार्थीले परीक्षा दिएकामा सबै पास भएको प्रधानाध्यापक हरिशरण उपाध्यायले बताए।

CP Hospital Dhangadhi

प्राविधिक समस्याका कारण सुरूमा विद्यालयको नतिजा शून्य देखिएको थियो। सुरूमा विद्यार्थीहरूलाई सामाजिक अध्ययन विषयमा अनुपस्थित देखाइएको थियो। तर विद्यालयमा भने सामाजिक अध्ययनको सट्टा संस्कृत विषय अध्यापन हुने गरेको प्रधानाध्यापक उपाध्यायले बताए।

Attariya Hospital

प्राविधिक समस्याले विद्यार्थीको नतिजा शून्य आएको थियो। र परीक्षा नै नदिएको विषयमा अनुपस्थित देखाएपछि आवश्यक प्रक्रिया मिलाएर विद्यार्थीको नतिजा सार्वजनिक गरिएको हो। परीक्षा नियन्त्रण कार्यालयले विद्यालयको अनुरोधमा प्राविधिक समस्या हल गरेपछि पुनः नतिजा सार्वजनिक गरेको हो।

nawajiwan