सञ्चार, शिक्षा र समाजसेवामा समर्पित व्यक्तित्व : डा. जनकराज पन्त

Image
Nisarga Hospital

सञ्चार क्षेत्रमा लामो समयदेखि सक्रिय रहनुभएका डा. जनकराज पन्त सफल सञ्चार उद्यमी मात्र होइन, शिक्षा, समाजसेवा र नेतृत्व क्षमतामा पनि समान रूपमा प्रभावशाली व्यक्तित्व हुनुहुन्छ।

CP Hospital Dhangadhi

दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका–८, अम्तोलीमा जन्मनुभएका डा. पन्त हाल टिभी टुडे टेलिभिजनका कार्यकारी अध्यक्ष हुनुहुन्छ। साथै, दृष्टि पाठशाला हाईस्कुल, स्टार मिडिया नेटवर्कलगायत आधा दर्जन संस्थामा उहाँको नेतृत्व सक्रिय रहँदै आएको छ।

सञ्चार उद्योगमा लामो अनुभव, निरन्तर अध्ययन र अन्तर्राष्ट्रिय exposure संगालेका डा. पन्तले एक दर्जनभन्दा बढी मुलुकमा भ्रमण गरी सञ्चार, शिक्षा र प्रविधिका क्षेत्रमा गहन अवलोकन तथा अनुसन्धान गर्नुभएको छ। उहाँको नेतृत्वमा सञ्चालित संस्थामार्फत करिब २०० जनाले प्रत्यक्ष रोजगारी पाएका छन्, जुन सामाजिक उत्तरदायित्वप्रतिको गहिरो प्रतिबद्धता हो।

nawajiwan
Attariya Hospital

गरिब तथा जेहेन्दार विद्यार्थीलाई निःशुल्क शिक्षा र छात्रवृत्ति प्रदान गर्दै आउनु भएका डा. पन्त मानव सेवा र सामाजिक समर्पणमा सधैं अग्रसर रहनुहुन्छ। उहाँको जीवनदर्शन “सेवा नै धर्म” भन्ने भावनासँग जोडिएको छ।

व्यक्तिगत जीवनमा डा. पन्तका एक छोरा इन्जिनियर साजन पन्त, एक छोरी दृष्टि पन्त तथा धर्मपत्नी कुमारी नबिता फुयाल हुनुहुन्छ, जो आफैं पनि सञ्चार क्षेत्रमा सक्रिय रहनुहुन्छ।

डा. पन्तको जीवन यात्रा सञ्चार, शिक्षा र समाजसेवामा केही गर्न चाहनेहरूसमक्ष एक प्रेरणादायी मार्गदर्शन हो।

Advertize US