
पानी जीवनको आधार हो र शरीरका सबै क्रियाकलापसँग यसको गहिरो सम्बन्ध छ । मानव शरीरको करिब दुई तिहाइ भाग पानीले बनेको हुन्छ, जसले कोषिका, अंग र प्रणालीलाई सक्रिय राख्न मद्दत गर्छ ।

पानीले पोषक तत्त्वहरू शरीरभर पुर्याउने, विषाक्त पदार्थ बाहिर निकाल्ने, पाचन सुधार गर्ने तथा रक्तसञ्चार र मृगौलाको कार्यलाई सन्तुलित राख्ने महत्वपूर्ण भूमिका खेल्छ ।

सामान्य अवस्थामा दैनिक २–३ लिटर र गर्मी मौसममा ३–४ लिटर पानी पिउनु स्वास्थ्यका लागि उपयुक्त मानिन्छ । पानी पिउँदा एकैचोटि धेरै नभई बिस्तारै चुस्की–चुस्की गरेर पिउनु राम्रो हुन्छ । धेरै चिसो वा तातो पानी पिउनु स्वास्थ्यका लागि हानिकारक हुन सक्छ ।

बिहान उठ्ने बित्तिकै पानी पिउँदा शरीर डिटक्स हुने र पाचन प्रणाली सुधार हुने विश्वास गरिन्छ । सही समयमा र सही तरिकाले पानी पिउनाले शरीर स्वस्थ रहन्छ र रोगबाट बच्न मद्दत गर्छ ।






























