जनप्रतिनिधिले मात्र होइन, नागरिकको सहभागिताले मात्रै सफा शहर सम्भव छ- नगरप्रमुख भट्ट

Image
Nisarga Hospital

अत्तरियाः गोदावरी नगरपालिका वडा न. ३ चौकीडाँडा मा निर्माण सम्पन्न एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र तथा दिसाजन्य फोहोर प्रशोधन केन्द्र सञ्चालनसम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको छ। क्षेत्रीय सहरी विकास कार्यक्रम (धनगढी, कैलाली) अन्तर्गत आइतबार आयोजित सामुदायिक सशक्तिकरण तालिममा स्थानीय जनप्रतिनिधि, कर्मचारी र सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो।

CP Hospital Dhangadhi

कार्यक्रममा गोदावरी नगरपालिकाका प्रमुख वीरेन्द्र भट्टले एकीकृत फोहोर व्यवस्थापन चुनौतीपूर्ण भए पनि नागरिकको ऐक्यबद्धता र सहभागिता भए मात्र सम्भव हुने बताए। “सकारात्मक सोचसाथ अघि बढेमा मात्र समग्र विकास सम्भव हुन्छ,” उनले भने। भट्टले वडास्तरीय टोलहरूमा पुगेर जनचेतना फैलाउनुका साथै फोहोर वर्गीकरणको अभ्यास घरघरमै सुरु गर्नुपर्नेमा जोड दिए।

nawajiwan
Attariya Hospital

बजार क्षेत्रमा केही सुधार देखिए पनि कतिपय व्यक्तिहरूले जानीजानी फोहोर अस्तव्यस्त रूपमा फाल्ने प्रवृत्तिप्रति गम्भीर ध्यानाकर्षण गराउँदै उनले नगरवासीलाई स्वच्छ, सफा र सुन्दर शहर निर्माणमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरे।

सम्बन्धित समाचार !

गोदावरीमा अत्याधुनिक फोहोरमैला केन्द्र संचालनको तयारी, सरोकारवालाबीच गहन छलफल