दृष्टिविहीनका लागि दृष्टि दिने ‘ब्लाइन्डसाइट’ चिप ल्याउँदै इलन मस्कको न्युरोटेक कम्पनी

Image
Nisarga Hospital

इलन मस्कको न्युरोटेक कम्पनी न्युरालिंकले जन्मजात दृष्टिविहीन व्यक्तिहरूलाई देख्न सक्ने बनाउने परियोजना ‘ब्लाइन्डसाइट’मा काम गरिरहेको छ। मस्कले विन्सकन्सिनमा आयोजित कार्यक्रममा उक्त योजना सार्वजनिक गर्दै यो वर्षको अन्त्यतिर मानव परीक्षण थालिने जानकारी दिएका हुन्।

CP Hospital Dhangadhi

अमेरिकी एफडिएले ‘ब्लाइन्डसाइट’लाई ‘ब्रेकथ्रु डिभाइस’को मान्यता दिइसकेको छ। प्रविधिको माध्यमबाट क्षतिग्रस्त आँखालाई बाइपास गर्दै हजारौं माइक्रो-इलेक्ट्रोडयुक्त चिप सिधै मस्तिष्कको भिजुअल कोर्टेक्समा प्रत्यारोपण गरिनेछ। चिपले क्यामेराबाट प्राप्त दृश्य सूचना मस्तिष्कमा ‘दृष्टिको अनुभव’का रूपमा रूपान्तरण गर्नेछ।

Attariya Hospital

मस्कका अनुसार प्रारम्भिक दृश्य ‘निन्टेन्डो ग्राफिक्स’ जस्तो कम रिजोलुसनको हुनेछ। तर, भिजुअल कोर्टेक्स पूर्णरूपमा सक्रिय भएमा जन्मजात दृष्टिविहीनले पनि हेर्न सक्नेछन्।

nawajiwan

यसअघि न्युरालिंकले ब्रेन-कम्प्युटर इन्टरफेस ‘टेलेप्याथी’ परियोजना सफलतापूर्वक परीक्षण गरिसकेको छ। तर, वाशिङ्टन विश्वविद्यालयकी प्राध्यापक आयोन फाइनले भने ब्लाइन्डसाइट अत्यन्त जटिल भएको र यसले झुटो आशा दिने सम्भावना रहेको चेतावनी दिएकी छन्।