कैलाली बनबेहडाका टेक रोकाया मृत अवस्थामा फेला

Image
Nisarga Hospital

बनबेहडा: गौरीगंगा नगरपालिका–६, बनबेहडा, विजयनगर टोलका २८ वर्षीय टेक बहादुर रोकाया मृत अवस्थामा फेला परेका छन्।
गत शनिबार (साउन १० गते) देखिनै सम्पर्कविहीन रहेका रोकाया मंगलबार दिउँसो चुरे गाउँपालिका–४, सिताखाली शिविरमाथिको खोलामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

CP Hospital Dhangadhi

रोकाया बासकल्ला (तामा) खोज्न जाने क्रममा हराएका थिए। हराएपछि परिवारले खोजी गरिदिन आग्रह गरेपछि प्रहरीले खोजी सुरु गरेको थियो। अन्य साथीहरूसँगै घरबाट निस्किएका रोकायालाई बाख्रा चराउने क्रममा स्थानीय रमेश राजीले सिताखाली खोलामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

इलाका प्रहरी कार्यालय चौमालाका प्रमुख प्रहरी निरीक्षक योगेन्द्र बलायरका अनुसार शव खोलामा घोप्टो परेको अवस्थामा, सडिसकेको अवस्थामा फेला परेको थियो। उनी वर्षा र पहिरोको जोखिम भएको समयमा हराएका कारण खोलामा आएको बाढीले बगाएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।

nawajiwan
Attariya Hospital

उनको मृत्यु प्राकृतिक कारण वा अन्य कारणले भएको भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। शवलाई पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल, धनगढीमा पठाइएको छ।

सम्वन्धित समाचार

बनबेहडाका टेक बहादुर चार दिनदेखि बेपत्ता, जंगलबाटै सम्पर्कविहीन

Advertize US