
धनगढी : आफ्नो जन्मदिनको अवसरमा धनगढीको एलएनचोकमा रहेको सानभी बुक्स एण्ड स्टेसनरी धनगढी, कैलालीका संचालक, एक कुशल व्यावसायि सुनिल ओझाले धनगढी अवस्थित आमाको माया छात्रबासमा सहयोग गरेका छन् ।
आमाको माया छात्रबासमा बस्दै आएका २६ जना बालबालिकालाई सहयोग गरेका छन् । उहाँले चामल, तेल, दाल, नुन, मसाला ,जुस , बिस्कुट, कापी, कलम लगाएत शैक्षिक सामाग्री सहयोग गरेको छन् । 

जन्मदिन मनाउन भोज खुवाउने लगायत अन्य क्रियाकलापमा हुने फजुल खर्च कटाएर ओझाले आश्रय लिइरहेका २६ जना बालबालिकालाई सहयोग गरेको ओझाले बताए । छील्ल्लो समयमा कतिपय यूवा यूवती होटल ,पाटि प्यालेस जस्ता ठाउँमा अनावश्यक खर्च गरेर जन्मदिन मनाइएको पाईन्छ । तर ओझाले आमाको माया छात्रबासमा बसिरहेका बालबालिकालाई सहयोग गर्दै जन्मदिन मनाएका छन् ।
पुस्तक ब्यवसाय गर्दै आएका ओझा सानै उमेर देखी समाज सेवा प्रति रुचि राख्ने ब्यतिm हु्न । उनले आउँदा जन्मदिनहरुमा पनि यसरी नै गरिब, दुःखी र असाहायलाई सहयोग गरेर जन्मदिन मनाउने बताए ।


















