शिशुको जीवन रक्षा गर्ने जानकी पुजारा प्रति सिगास गाउँपालिका अध्यक्ष धामीद्वारा आभार

Image
Nisarga Hospital

बैतडी — विशेष परिस्थितिमा एक नवजात शिशुको ज्यान जोगाउन सफल भएकी सिगास गाउँपालिका वडा नं. ४ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्र कान्धारमा कार्यरत अनमी जानकी पुजाराप्रति सिगास गाउँपालिका अध्यक्ष हरि सिंह धामीले हार्दिक आभार व्यक्त गरेका छन्।

CP Hospital Dhangadhi

अध्यक्ष धामीले सामाजिक सञ्जाल मार्फत स्टाटस लेख्दै भनेका छन्, “विशेष परिस्थितिमा शिशुको ज्यान जोगाउन सफल हुनुभएकोमा हाम्रो स्वास्थ्यकर्मी अनमी जानकी पुजारा प्रती हार्दिक आभार व्यक्त गर्दछु।” साथै, यस कार्यमा महत्वपूर्ण सहयोग पुर्‍याएका सिगास गाउँपालिका वडा नं. ४ स्थित आधारभूत स्वास्थ्य केन्द्र कान्धारका प्रमुख चक्र धामीप्रति समेत अध्यक्ष धामीले विशेष कृतज्ञता प्रकट गरेका छन्।

nawajiwan

सुदूरपश्चिम नेपालको विकट भेग सिगास गाउँपालिकामा स्वास्थ्य सेवा पहुँच र स्रोतको अवस्था दयनीय रहेको उल्लेख गर्दै अध्यक्ष धामीले संघीय र प्रदेश सरकारसँग तत्काल ध्यान दिन आग्रह गरेका छन् । उनले स्वास्थ्य मन्त्री प्रदीप पौडेलको अनमी जानकी पुजारालाई धन्यवाद दिएको स्टाटस शेयर गर्दै स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई समेत स्वास्थ्य क्षेत्रमा आवश्यक पूर्वाधार, उपकरण र जनशक्ति उपलब्ध गराउन गम्भीर पहल गर्न अनुरोध गरेका छन्।

Attariya Hospital

शिशुको ज्यान जोगाउने क्रममा अनमी जानकी पुजाराले लगभग ८ घण्टासम्म कृत्रिम सास दिँदै निरन्तर सेवा गरेको विवरण सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक प्रशंसा पाइरहेकी छन्। उक्त घटनाले विकट क्षेत्रका स्वास्थ्यकर्मीहरूले गरिरहेको समर्पण र सेवा भावलाई उजागर गरेको छ।

अध्यक्ष धामीको यो भनाइले स्थानीय तह मात्र नभई केन्द्र र प्रदेश सरकारलाई पनि सुदूरपश्चिमका दुर्गम क्षेत्रका स्वास्थ्य संरचनाप्रति ध्यान दिन प्रेरणा दिने अपेक्षा गरिएको छ।

हेर्नुहोस्