बझाङमा सामुदायिक वन उपभोक्ता समूहलाई क्षमता अभिवृद्धि तालिम

Image
Nisarga Hospital

बझाङ: साहारा नेपाल बझाङले सामुदायिक वनको संरक्षण र दीगो व्यवस्थापनलाई लक्ष्य बनाएर सामुदायिक वन उपभोक्ता समूहहरूलाई तीन दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ।

CP Hospital Dhangadhi

फिनल्यान्ड सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित स्वालोज अफ फिनल्यान्ड परियोजना अन्तर्गत मष्टा गाउँपालिका–३, ४, ५, ६ र ७ का उपभोक्ता समूहहरूलाई तालिम दिइएको हो।

परियोजनाका संयोजक उमेश जोशीका अनुसार तालिम खाद्य सुरक्षा सुधार, दिगो जीविकोपार्जन र महिला सशक्तीकरणलाई मद्दत पुर्‍याउने उद्देश्यले सञ्चालन गरिएको हो।

nawajiwan

९५ जना सहभागी, नेतृत्व विकासदेखि बजारीकरणसम्म प्रशिक्षण
गाउँपालिकाभरिका ९५ जना वन उपभोक्ता तथा कृषक समूहका पदाधिकारीहरू तालिममा सहभागी भएका थिए।
तालिममा सहभागीहरूले वन व्यवस्थापन, वन नवीकरण, वनमा आधारित उद्यमको पहिचान, उत्पादन, बजारीकरण, नेतृत्व विकास लगायतका विषयमा व्यवहारिक जानकारी लिएका थिए।

साहारा नेपाल बझाङका बोर्ड सदस्य तथा सचिव जनक द्वालका अनुसार तालिमले सामुदायिक वनमार्फत उत्पादन र रोजगारी सिर्जना गरी उपभोक्तालाई आर्थिक रूपमा सबल बनाउन सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

Attariya Hospital

सामुदायिक वन नवीकरणमा चुनौती
दुदिल्ला कृषक समूहका अध्यक्ष दल बहादुर कठायतले आर्थिक अभावका कारण सामुदायिक वन नवीकरणमा कठिनाइ भएको गुनासो गरे।
उनले विगतमा केही संस्थाबाट सहयोग प्राप्त भए पनि हाल कुनै पनि सहयोग नपाएको बताउँदै, “स्थानीय वनमा आयस्रोतको सम्भावना भए पनि व्यवस्थापन गर्ने सीप र स्रोतको अभाव छ,” भने।

कठायतले स्थानीय तहले वनको संरक्षणमा अपनत्व लिने आवश्यक रहेको पनि बताए।

वन ऐन र वन्यजन्तु संरक्षणबारे कानुनी प्रशिक्षण
तालिमका प्रमुख प्रशिक्षक, जिल्ला वन डिभिजनका अधिकृत शम्भुप्रसाद तिवारीले सहभागीहरूलाई वन ऐन, नियमावली र सामुदायिक वनको दिगो व्यवस्थापन सम्बन्धी जानकारी दिएका थिए।
उनले भने, “वनभित्रका पुराना रुखहरू बिस्तारै हट्दै जान्छन्, नयाँ बिरुवाहरू हुर्कँदै जान्छन् — त्यसैले वन क्षेत्र स्वाभाविक रूपमा विकास हुँदै जान्छ। यसको दिगो व्यवस्थापन अपरिहार्य छ।”

तालिमको सहजीकरण साहारा नेपाल बझाङका फिल्ड संयोजक दिनेश रोकायाले गरेका थिए।
उनले सहभागीहरूसँग अनुभव आदान–प्रदान गरी प्रमाणपत्र वितरण गर्दै तालिम समापन गरिएको जानकारी दिए।

Advertize US