समाचार खण्डन तथा सच्याइएको सम्बन्धमा

Image
Nisarga Hospital

२०८२ साल साउन १२ गते “बझाङमा अनलाइन व्यापारको नाममा लाखौं ठगी, एक करोड बढी रकम संकलन” शीर्षकमा, सुदूर खबर अनलाइन मिडियाका बझाङ सम्पाददाता रमेश बहादुर सिंहको वाई–लाइनसहित समाचार प्रकाशित भएकोमा, सो समाचारमा धन बहादुर लम्सालको भनाइ समेट्न छुटेको हुँदा यसबाट उत्पन्न भएको असुविधा तथा असरप्रति क्षमाप्रार्थी छौँ।

CP Hospital Dhangadhi
Attariya Hospital

“साथै, समाचार हटाइएको सम्बन्धमा स्पष्ट पार्दै जानु पर्दा, समाचार प्रकाशन भएको करिब १०–११ दिनपछि धन बहादुर लम्साल र शान्त खड्काद्वारा सुदूर खबरको आधिकारिक इमेलमा र प्रेस काउन्सिल नेपाललाई बोधार्थ हुने गरी पत्र पठाइएकाले, कतै हामीबाट गल्ती भएको त हो कि भन्ने शंकाका कारण आवश्यक प्रमाण संकलन गर्ने क्रममा समाचारलाई अस्थायी रूपमा निजी (private) गरिएको थियो। सो क्रममा प्रेस काउन्सिलको पत्र प्राप्त हुनासाथ समाचार हटाइएको देखिएकोले यसबाट उत्पन्न भएको असुविधा तथा असरप्रति क्षमाप्रार्थी छौँ।”

उक्त समाचारको फलोअप क्रममा, जिल्ला प्रशासन कार्यालय बझाङमा प्रमुख जिल्ला अधिकारी (CDO) को उपस्थितिमा समाचारमा उल्लेखित पक्ष, पत्रकार तथा पीडितहरूबीच छलफल भएको र सो अवसरमा गल्ती स्वीकार गर्दै सार्वजनिक माफी मागिएको छ। साथै, पीडितहरूको लगानी फिर्ता गर्ने सहमति पनि भएको छ।

यसबाहेक, जिल्ला प्रशासन कार्यालय बझाङको छलफलमा धन बहादुर लम्सालले आफ्नो गल्ती स्वीकार गर्दै तुरुन्तै मुद्दा फिर्ता लिने भनाई सार्वजनिक रुपमा राखेका थिए। सोही अनुसार, समाचारमा उल्लेखित अनलाइन ठगी प्रकरणमा धन बहादुर लम्साल र शान्त खड्काको संलग्नतामा अरू पीडित समेत जोडिएको स्वीकार गरिएको छ।

यसैक्रममा, प्रेस काउन्सिलमा दर्ता गरिएको मुद्दा समेत फिर्ता लिने सहमति भएको र सो सहमतिअनुरूप प्रक्रिया अगाडि बढाइएकाले, प्रारम्भिक समाचारप्रति खण्डन आवश्यक नभएको स्पष्ट पारिन्छ।

अतः, पूर्वप्रकाशित समाचारमा समावेश नभएका भनाइ तथा प्रक्रियागत अपडेटलाई सच्याइएको सूचनामार्फत सम्प्रेषण गरिएको जानकारी गरिन्छ ।

  • सम्पादक 

सम्वन्धित समाचार फलोअप सहितः-

बझाङमा अनलाइन व्यापारको नाममा लाखौं ठगी, एक करोड बढी रकम संकलन

अनलाइन ठगिकाे बिषयलाई लिएर जिल्ला प्रशासनमा बुझ्बिस्तार 
“छाेटाे समयमा कराेडपति हुने आश्वाशन दिदै प्रत्येक ब्यक्तिबाट ६ लाख असुली”

nawajiwan