एनसेलले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्यो

Image
Nisarga Hospital

एनसेल आजियाटा लिमिटेडले सरकारको निर्देशन अनुसार नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्म बन्द गरेको छ।

CP Hospital Dhangadhi

नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशनअनुसार कम्पनीले आफ्नो इन्टरनेट सेवामार्फत यस्ता सञ्जाल नचल्ने व्यवस्था गरेको जनाएको छ।

Attariya Hospital

एनसेलका अनुसार, ‘सर्वोच्च अदालतको आदेश, मन्त्रिपरिषद् भदौ ९ गतेको निर्णय र सञ्चार मन्त्रालयको भदौ १९ गतेको बैठकका निर्णय अनुसार प्लेटफर्म बन्द गरिएको हो।’ कम्पनीले यसबाट हुने असुविधाप्रति क्षमायाचना पनि जनाएको छ।

nawajiwan

त्यस्तै, टिकटोक, भाइबर र अन्य नेपालमा दर्ता भइसकेका सामाजिक सञ्जाल भने सामान्य रूपमा चल्ने कम्पनीले स्पष्ट पारेको छ।

Advertize US