चीनले विश्वकै पहिलो सिक्सजी चिप सार्वजनिक

Image
Nisarga Hospital

चीनले सूचना प्रविधिको क्षेत्रमा आफूलाई पुनः अग्रणी सावित गर्दै विश्वकै पहिलो सिक्सजी चिप सार्वजनिक गरेको छ। यस चिपले ग्रामीण तथा दुर्गम क्षेत्रमा पनि उच्चगतिको इन्टरनेट उपलब्ध गराउने अपेक्षा गरिएको छ।

CP Hospital Dhangadhi

चिनियाँ वैज्ञानिकहरूले पातलो लिथियम नियोबेट फोटोनिक पदार्थको झिल्ली र नवीन संरचनाको प्रयोग गरी यो चिप विकास गरेका हुन्। विद्यमान इन्टरनेट गतिको तुलनामा सिक्सजी चिपबाट पाँच हजार गुणा तेज इन्टरनेट स्पीड प्राप्त हुनेछ। साउथ चाइना मर्निङ पोस्टका अनुसार यसमा मोबाइल स्पीडलाई कैयौँ गुणा बढाउने क्षमता छ।

पेकिंग विश्वविद्यालय र हङकङ सिटी विश्वविद्यालयका शोधकर्ताहरूले मिलेर तयार पारेको चिपको आकार ११ मिलिमिटर गुणा १.७ मिलिमिटर रहेको छ र न्यून फ्रिक्वेन्सीमा पनि काम गर्न सक्ने बताइएको छ। यसले मोबाइल तथा अन्य स्मार्ट डिभाइसमा उत्कृष्ट कनेक्टिभिटी प्रदान गर्नेछ।

nawajiwan
Attariya Hospital

सिक्सजी चिपको प्रयोगले एक सेकेन्डमा १ सय जिबीसम्म डेटा ट्रान्सफर सम्भव पार्नेछ। ५० जिबीको एचडी ८के फिल्म मात्र आधा सेकेन्डमा डाउनलोड गर्न सकिने दाबी गरिएको छ।

विशेषज्ञहरूले सिक्सजीको उच्च स्पीडसँग विद्युत चुम्बकीय विकिरण र साइबर जोखिम बढ्ने सम्भावनासमेत औंल्याएका छन्। तर यसको लाभ भने केवल सहरी क्षेत्रमा मात्र नभई ग्रामीण इलाकासम्म इन्टरनेट पहुँच विस्तार गर्नेछ।

सिक्सजी चिप भविष्यको वायरलेस सञ्चारमा महत्वपूर्ण योगदान दिने र विश्वका विभिन्न स्थानमा डिजिटल पहुँचमा क्रान्ति ल्याउने अपेक्षा गरिएको छ।

Advertize US