सिगासको आदर्श मन्टेश्वरी बोर्डिङको बाल दिवसमा पाँच नानीहरूको भविष्यका लागि अपिल

Image
सिगास–२ गाजरीका बुबाआमा गुमाएका पाँचजना बालबालिका आफ्नो घरअगाडि । बाल दिवसलाई लक्षित गरी आदर्श मन्टेश्वरी इङ्गलिस बोर्डिङ्ग स्कूलले उनीहरूका लागि सहयोग अभियान सुरु गरेको छ।
Nisarga Hospital

बैतडी – बालबालिकालाई रमाइला गतिविधि, मिठा मिठा उपहार र खेलकुदको साथमा मनाइने बाल दिवस, बैतडीको सिगास–२ गाजरीका पाँच बालबालिकाका लागि यसपालि आँसु र अपील सहितको संवेदनशील दिन बनेको छ।

CP Hospital Dhangadhi

पाँच वर्षअघि जण्डिसका कारण बुबा लाले धामीको निधन भयो । केही दिनअघि मात्रै आमालाई बन्चरो प्रहार गरी ज्यान लिइयो । परिवारमा आधार बनेका दुबै अभिभावकको निधनले आदर्श मन्टेश्वरी बोर्डिङ स्कुल गाँजरीमा कक्षा २ मा अध्ययनरत ८ वर्षीय सन्तोष धामी, उनका तीन दिदी र एक बहिनी गरी पाँचजना बालबालिका असहाय र दिशाहीन बनेका छन् ।

nawajiwan

यो दु:खद घटनाले गाउँकै मुटु रुवाएको छ । अरू बच्चाले बाल दिवसमा रमाइलो गर्दा, सन्तोष र उनका दिदीबहिनीहरू न्यानो कपडा, कापी, कलम, पुस्तक, खाना र भविष्यकै चिन्तामा डुबेका छन्।

सन्तोष अध्ययनरत आदर्श मन्टेश्वरी इङ्गलिस बोर्डिङ्ग स्कूलले यसअघि उपलब्ध गराउँदै आएको ४० प्रतिशत छुटलाई निरन्तरता दिदै अब कक्षा ५ सम्म निःशुल्क पढाउने निर्णय गरेको बोर्डिङका सञ्चालक सूर्य बहादुर बोहराले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी गराउनुभएको ‌छ ।

समाजसेवी सूर्य बहादुर बोहराका अनुसार यी बालबालिकाको पारिवारिक व्यवस्थापन, कापीकलम, लत्ताकपडा, खानपिन लगायतको आधारभूत आवश्यकता जुटाउन आदर्श मन्टेश्वरी इङ्गलिस बोर्डिङ्ग स्कूलले आज गाँजरी बजारमा स्थलगत सहयोग संकलन थालनी गरेको छ साथै, ई–सेवा मार्फत पनि ‘बाल दिवस विशेष अभियान’ सञ्चालन गरिएको छ ।

Attariya Hospital

यस अभियानमा भारतबाट समाजसेवी खुमन परियारले समेत साथ दिइरहेका छन् । उहाँले बालबालिकाको भविष्य उज्यालो बनाउन सक्ने प्रत्येक सहयोग मूल्यवान् हुने उल्लेख गर्दै सबैलाई हातेमालो गर्न आग्रह गर्नुभएको छ। आदर्श मन्टेश्वरी इङ्गलिस बोर्डिङ्ग स्कूलका प्रतिनिधिहरूका अनुसार, “बालबालिकाको जीवन यतिखेर केवल हाम्रो सहानुभूति होइन, ठोस सहयोगको खाँचोमा छ। बाल दिवस केवल मिठाई बाँड्ने दिन होइन, यस्ता असहाय बालबालिकाको भविष्य बचाउने अवसर पनि हो।”

स्कुलले स्थानीय बासिन्दा, सरकारी निकाय, समाजसेवी, संघसंस्था र प्रवासी नेपालीहरूलाई यो विशेष अवसरमा हातेमालो गर्न अनुरोध गरेको छ।

सिगास–२ गाजरीका बुबाआमा गुमाएका पाँचजना बालबालिका आफ्नो घरअगाडि । बाल दिवसलाई लक्षित गरी आदर्श मन्टेश्वरी इङ्गलिस बोर्डिङ्ग स्कूलले उनीहरूका लागि सहयोग अभियान सुरु गरेको छ।

सहयोगको लागि तलको QR CODE प्रयोग गर्नुहोला ।
नेपालका लागि:


भारतका लागि:

Advertize US