कृष्णपुरमा मनाईयो अन्तर्राष्ट्रिय विपद् न्यूनीकरण दिवस

Image

कञ्चनपुर: कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ मा विपद् होइन, उत्थानशिलता निर्माणमा लगानी गरौ भन्ने मुल नाराका साथ अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवस–२०८२ का अवसरमा विपद् जोखिम न्यूनीकरणको सन्दर्भमा सामुदायिक विपद् व्यवस्थापन समितिहरू (CDMC) को सक्रियता, समन्वय तथा उत्थानशीलताको लागि समुदायको आवश्यकता र चुनौती” विषयक अन्तरक्रिया कार्यक्रम सोमबार सम्पन्न भएको छ।

nawajiwan

कार्यक्रममा अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवसको महत्त्व र उद्देश्य, समुदायस्तरमा जोखिम न्यूनीकरणका उपायहरू, साथै सरकार, संस्था र समुदायबीचको समन्वयका पक्षहरू बारे विस्तृत छलफल गरिएको थियो।

कार्यक्रमका सभाध्यक्ष बन्द नदी CDMC का अध्यक्ष शिव नेपाली रहेका थिए भने प्रमुख अतिथीका रूपमा वडा नं. २ का अध्यक्ष अर्जुन सिंह साउद, विशिष्ट अतिथीका रूपमा कार्यपालिका सदस्य तथा वडा सदस्य सावित्री भारती, वडा सदस्य डिक्रा वाढी, मेलमिलाप संयोजक सिद्वराज जोशी, तथा NNSWA मा कार्यरत CRC परियोजनाका अध्ययन तथा अनुगमन अधिकृत गोविन्द नारायण उपाध्यक्ष र फिल्ड सहयोगी अधिकृत रिमा खनाल लगायत कृष्णपुर–२ का तीनवटै CDMC का स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

Attariya Hospital

कार्यक्रममा बोल्दै वडा अध्यक्ष अर्जुन सिंह साउदले भने,

“विपद् व्यवस्थापन केवल राहत वितरणमा सीमित हुनु हुँदैन, यसको मूल लक्ष्य समुदायलाई सचेत, संगठित र सशक्त बनाउँदै विपद् सामना गर्न सक्षम बनाउनु हो। यसका लागि प्रत्येक वडामा सक्रिय CDMC गठन र तिनको क्षमता अभिवृद्धि हाम्रो प्राथमिकता हो।” वडाले विपद न्यूनीकरण का लागि पक्की तटबन्ध निर्माण, वृक्षरोपण, आयआर्जनका सिपमुलक कार्यक्रम, जनचेतनामुलक कार्यक्रम आयोजना गरिने समेत अध्यक्ष साउदले बताए।

कार्यक्रम वडा नं. २ को सभाहलमा सम्पन्न भएको हो। उक्त कार्यक्रम NNSWA कञ्चनपुर र मर्सी कोर नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा आयोजना गरिएको हो।