सिगास गाउँपालिकाको वार्षिक समीक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

Image
Nisarga Hospital

गर्जे, बैतडी: बैतडीको सिगास गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक समीक्षा तथा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो त्रैमासिक सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ । गाउँपालिकाको केन्द्र गर्जेमा आयोजना गरिएको यो कार्यक्रम विकास, सुशासन र ज उत्तरदायित्व प्रतिको गम्भीर प्रतिबद्धता झल्काउने महत्वपूर्ण अवसरका रूपमा सम्पन्न भएको हो ।

CP Hospital Dhangadhi

सुनुवाइ कार्यक्रममा गाउँपालिका अध्यक्ष हरिसिंह धामी, उपाध्यक्ष धाना धामी, प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थी, वडा अध्यक्षहरू, कर्मचारी, स्थानीय नागरिक, सुरक्षाकर्मी, शिक्षक, पत्रकार, अभिभावक तथा विभिन्न सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रममा आन्तरिक लेखा परीक्षक टिकासिंह धामीले आर्थिक वर्ष २०८१/०८२ को प्रतिवेदन प्रस्तुत गर्दै सिगास गाउँपालिकाले कुल ५९ करोड ९५ लाख ६६ हजार रुपैयाँ बराबरको बजेट विनियोजन गरी १ सय ९ वटा योजना सफलतापूर्वक सम्पन्न गरेको जानकारी दिए । साथै १४ वटा योजना क्रमागत रूपमा अघि बढिरहेको पनि उनले बताए ।

nawajiwan

रोजगार र सामाजिक न्यायका क्षेत्रमा गाउँपालिकाले प्रशंसनीय काम गरेको प्रतिवेदनमा उल्लेख छ । प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत ८४ जनालाई रोजगारी, ४० जनालाई सीपमूलक तालिम, १५० जना जेष्ठ नागरिकलाई कम्बल वितरण, र ४० जना एकल महिलालाई बाख्रा वितरण गरिएको जानकारी गराइयो।

Attariya Hospital

शिक्षा क्षेत्रमा पनि सिगास गाउँपालिकाले महत्वपूर्ण योगदान दिएको छ । प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीका अनुसार एमबीबीएस अध्ययनका लागि एक जनालाई पूर्ण छात्रवृत्ति, एक जनालाई आंशिक छात्रवृत्ति, र २४ गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ।

विपद्को समयमा राहत र उद्धारमा समेत सिगास गाउँपालिका सक्रिय रहेको गाउँपालिका अध्यक्ष हरिसिंह धामीले बताए । उनले भने सिगासको विकास र जनसेवाका लागि हाम्रो नेतृत्व टिम अहोरात्र खटिएको छ । जनताको विश्वास र सहयोगले हामीलाई अझ बल मिलेको छ ।

त्यस्तै, उपाध्यक्ष धाना धामीले न्यायिक समितिमा दर्ता भएका सबै उजुरीहरूको समाधान भइसकेको जनाउँदै, सुशासन र न्यायको पहुँच अब सिगासका प्रत्येक घरमा पुगोस् भन्ने हाम्रो लक्ष्य हो भन्दै जन उत्तरदायित्वमा गाउँपालिकाको प्रतिबद्धता दोहोर्याइन् ।

सार्वजनिक सुनुवाइका क्रममा स्थानीयले राखेका प्रश्नहरूको जवाफ गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र वडा अध्यक्षहरूले खुलेर दिएका थिए । कार्यक्रमले गाउँपालिकाको काम, उपलब्धि र चुनौतीबारे जनस्तरमा पारदर्शिता बढाउने माध्यमको रूपमा योगदान पुर्‍याएको सरोकारवालाहरूको मूल्याङ्कन रहेको छ ।

Advertize US