सशस्त्र प्रहरी बल नेपाल, आश्रित गुल्म–बझाङले सातौँ स्थापना दिवस विभिन्न कार्यक्रमसहित मनायो

Image
Nisarga Hospital

बझाङः सशस्त्र प्रहरी बल नेपाल, आश्रित गुल्म–बझाङले आफ्नो ‘सातौँ स्थापना दिवस’ विभिन्न कार्यक्रमसहित मनाएको छ। वार्षिक उत्सवको अवसरमा आन्तरिक खेलकुद, विपद् उद्धार र उत्कृष्ट काम गर्ने दर्जनौँ सशस्त्र प्रहरीलाई सम्मान गरिएको छ। साथै, पूर्व सशस्त्र प्रहरी कर्मचारी र समाजसेवीहरू, शिक्षक तथा सञ्चारकर्मीलाई समेत सम्मान प्रदान गरिएको थियो। यस अवसरमा नागरिक समाजका अगुवा धर्मजँग बहादुर सिंह, कार्यक्रम उद्घोषक सबिता खड्का, साइपाल एफएम समाचार प्रमुख तरुणा जोशी, कामना टेलिभिजन बझाङ प्रमुख उत्तम कुमार थापा र शिक्षक प्रकाश खड्का सम्मानित भएका थिए।

CP Hospital Dhangadhi


nawajiwan

कार्यक्रममा वक्ताहरूले शान्ति सुरक्षाको जिम्मेवारी निर्वाह गर्दै देश र जनताको सेवामा सशस्त्र प्रहरीको योगदानको चर्चा गरे। स्थापना दिवसको पूर्वसन्ध्यामा रक्तदान कार्यक्रम, सुर्मा देवी मन्दिर र भवानी मन्दिर सरसफाइ तथा विभिन्न विद्यालयमा सचेतना कार्यक्रम सञ्चालन गरिएको थियो।

Attariya Hospital

सशस्त्र प्रहरी बल आश्रित गुल्म–बझाङका डीएसपी दुर्गा प्रसाद भट्टका अनुसार दैवी प्रकोप, दुर्घटना नियन्त्रण र सुरक्षा कार्यमा सशस्त्र प्रहरीले जनतालाई सहयोग र सचेतना अभियानमा महत्वपूर्ण भूमिका खेलेको छ।

स्थापना दिवसको समारोहमा प्रमुख अतिथि सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक सहायक वाहिनीपति वीरेन्द्र बहादुर ऐर रहेका थिए भने दुर्गाथली गाउँपालिकाका अध्यक्ष दिल बहादुर थापा विशिष्ट अतिथि थिए। अन्य अतिथिमा प्रमुख जिल्ला अधिकारी कैलास ठकुराठि, सुरक्षा निकायका प्रमुख, विभिन्न कार्यालयका पदाधिकारी, स्थानीय जनप्रतिनिधि र सर्वसाधारणको सहभागिता रहेको थियो।

२०७६ कार्तिक १३ गते बझाङमा स्थापना भएको सशस्त्र प्रहरी बल, आश्रित गुल्मले कृषि ज्ञान केन्द्र बझाङको अस्थायी भवनबाट सेवा सुरु गरेको थियो। हाल २०८० भादै १० गते, आफ्नो भवन जयपृथ्वी नगरपालिका–६, नौरा बाट कार्य सञ्चालन गर्दै आएको छ।