दुर्गाथली गाउँपालिकाको नबनिर्मित भवनमा फ्लड लाइट जडान

Image
Nisarga Hospital

दुर्गाथली गाउँपालिकाको नबनिर्मित भवनमा फ्लड लाइट जडान गरिएको छ । गाउँपालिकाको नबनिर्मित भवन बस्ती भन्दा केही टाढा रहेकाले सुरक्षाको लागी उक्त फ्लड लाइट जडान गरीएको हो ।

CP Hospital Dhangadhi

नबनिर्मित भबनको ठेक्का अन्तर्गत टेन्डरमा लाइट पनि जडान गर्ने उल्लेख गरीएकाले सोहि ठेक्का भित्र पर्ने गरेर लाइट जडान गरिएको गाउँपालिका अध्यक्ष दिल बहादुर थापा तुफानले बताउनुभयो ।

Attariya Hospital

उक्त बत्तिले पालिकामा मात्र नभइ खाती गाउ, थापा जिउलो, चौधारी बजारलाइ समेत उज्यालो बनाएको उहाँको भनाइ छ । खेत देखि केही बस्तीलाइ उज्यालो पारेकाले सुरक्षामा पनि सहयोग पुर्‍याउने अध्यक्ष थापाको भनाइ छ ।

nawajiwan

बझाङमा फ्लड लाइट जडान गर्ने दुर्गाथली गाउँपालिका पहिलो हो ।