काठमाडौं उपत्यकाका १९ स्थानमा निःशुल्क वाइफाइ सेवा सुरु

Image
Nisarga Hospital

काठमाडौं उपत्यकाका विभिन्न १९ सार्वजनिक स्थानमा अब निःशुल्क वाइफाइ इन्टरनेट सेवा उपलब्ध भएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको पहलमा अस्पताल, पशुपतिनाथ मन्दिर क्षेत्र, विमानस्थल र सार्वजनिक सेवा प्रवाह हुने क्षेत्रमा सेवा विस्तार गरिएको हो।

CP Hospital Dhangadhi
Attariya Hospital

मन्त्रालयका अनुसार नयाँ बसपार्क, भक्तपुर अस्पताल, कीर्तिपुर अस्पताल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगायतका स्थानमा नयाँ जडान र क्षमता वृद्धि गरिएको छ। साथै, ठूलोभर्‍याङ, एकान्तकुना र भक्तपुरका यातायात कार्यालयमा पनि वाइफाइ स्थापना हुँदैछ।

नेपाल टेलिकम, वल्र्डलिङ्क र भायनेट कम्पनीले संयुक्त रूपमा निःशुल्क सेवा सञ्चालन गरेका हुन्। यसअघि वीर अस्पताल, टेकु, पाटन, सिभिल, गङ्गालाल र पशुपति मन्दिर क्षेत्रमा १० एमबिपिएसबाट बढाएर १५० एमबिपिएस ब्याण्डविथ पुगेको छ।

मन्त्री खरेलको सक्रियतामा नेपाल दूरसञ्चार प्राधिकरणले समन्वय गर्दै उपत्यकाका साथै बाहिरका १० प्रमुख सहरमा पनि निःशुल्क वाइफाइ विस्तारको तयारी अघि बढाएको छ।